• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्याब्सन धनुषाको ९ औं साधारणसभा सम्पन्न, गुणस्तरिय शिक्षामा जोड दिनु मेयर वरवरियाको आग्रह

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २, २०७६, ८:५९ PM
0
प्याब्सन धनुषाको ९ औं साधारणसभा सम्पन्न, गुणस्तरिय शिक्षामा जोड दिनु मेयर वरवरियाको आग्रह

धनुषा । माघ २ गते जनकपुरधाम । प्याब्सन धनुषाको ९ औं साधारणसभा जनकपुरमा माघ २ गते सम्पन्न भएको छ । प्याब्सन धनुषाका अध्यक्ष गणेश साहको अध्यक्षता तथा शहिदनगरपालिकाका मेयर उदयकुमार वरवरिया यादवको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभामा बोल्दै प्रमुख अतिथी उदयकुमार वरवरियाले भाषण भन्दा पनि काम गरेर गर्न आग्रह गर्दै आफुले समेत आफनो नगरमा भाषण भन्दा कामलाई नै प्राथमिकतामा राखेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै मेयर वरवरियाले शिक्षा क्षेत्रमा निजी विद्यालयहरुले गर्दै आएको सहयोग र योगदान अमुल्य रहेको चर्चा गर्दै शिक्षा क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि शहिदनगरपालिका शिक्षक र विद्यालयका संचालकको साथमा रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो हामीले स्थानिय प्रशासनसंग समन्वय गरेर धनुषामै पहिलो पटक आफनो नगरमा अवैध तरिकाले संचालन हुदै गरेका निजी विद्यालय बन्द गराउन सफल भएका छौं, बन्द भएका १२ वटा विद्यालयमध्ये ६ वटा विद्यालय नियमतः आफनो प्रक्रिया र भौतिक सुविधा पुर्ननिमार्ण गरेपछि पुनः संचालनमा समेत आई सकेकाले गर्दा सम्पूर्ण विद्यालयमा सुविधा सम्पन्न भौतिक पूर्वाधारका विच गुणस्तरिय शिक्षा दिनका लागि आग्रह गर्नुभएको छ ।


कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियारले शिक्षाको अवस्था माथि उकास्नका लागि निजी विद्यालयहरुको योगदान निकै रहेकाले गर्दा शिक्षा क्षेत्रमा निजी विद्यालयहरुले गरेको सहयोगलाई नकार्न नसकिने बताउनुभएको हो । उहाँले शिक्षाको अधिकार स्थानिय तहमा दिएको छ तर शिक्षासम्बन्धी ऐन र नियमावली केन्द्र सरकारले नबनाएका कारणले गर्दा आफुहरु अन्यौलताको अवस्थामा रहेको बताउनुभयो । हामीले चाहेर पनि शिक्षा क्षेत्रमा अहिले चाहे जतिको लगानी र प्रगति गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो एकै ठाउँमा धेरै निजी विद्यालयहरु खोलिएका कारणले सवै बन्द हुने अवस्थामा रहेकाले गर्दा मर्ज गरेर भएपनि सुविधा सम्पन्न गुणस्तरिय शिक्षा दिने विद्यालय बनाउनु आग्रह गर्नुभयो । उहाँले भन्नु अव हामीले विद्यालय खोल्ने अनुमति दिनुभन्दा पनि विद्यालयमा सुधारका लागि पहल गर्नेछौं ।


कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले साक्षरता अभियान २०७६ लाई सफल बनाउनका लागि निजि विद्यालयहरुको भुमिका समेत अपरिहार्य रहेको बताउनुभयो । उहाँले निजी विद्यालयमा समेत राम्रो भौतिक सुविधा सम्पन्न विद्याललयमा गुणस्तरिय शिक्षा दिलाउनु सरकारको दायित्व भएको बताउनुभयो ।


प्याब्सन प्रदेश २ का सचिव विश्वलाल सिंहले धनुषा जिल्लामा मात्रै वर्षेनी ४ करोड निजी विद्यालयलाई घाटा हुदै आएको बताउनुभयो । उहाँले भन्नुभयो हामी निजी विद्यालयका संचालकहरुविच आपसी रुपमा संगठनिक रुपमा एकता नभएकाले गर्दा वर्षेनी ४ करोड विद्यार्थीको अभिभावकले विद्यालयलाई तिर्नुपर्ने रकम बाँकी बक्यौता रहँदै आएको बताउनुभयो । उहाँले संगठनिक रुपमा एकता हुन नसकेको आउँदो दिनमा निजी विद्यालयका संचालकहरुलाइ विद्यालय संचालन गर्न समस्या हुने बताउनुभयो ।


कार्यक्रममा प्याब्सन धनुषाका संस्थापक अध्यक्ष सरोज रायले विद्यालय स्थापना गर्नुभन्दा पनि त्यसको उचित व्यवस्थापन पनि दिर्घकालिन समयसम्म टिकाई गुणस्तरिय शिक्षा प्रदान गर्नु प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले निजी विद्यालयमा बैंकरहरुलाई समेत लगानी गर्न आग्रह गर्दै आफुले उचित तरिकाले लगानी र व्यवस्थापन गर्न नसकेर आफु शिक्षा क्षेत्रका आफु जिउँदो सहिद भएको बताउनुभयो ।


कार्यक्रममा जानकी मेमोरियलका प्रिन्सिपल दिपेन्द्र चौधरी, केन्द्रिय उपाध्यक्ष गोपाल कार्की, केन्द्रिय सल्लाहकार सानु अमात्यलगायतका व्यक्तिहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अतिथीहरुलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो प्रदान गरेर प्याब्सन धनुषा अध्यक्ष गणेश साहले सम्मान गर्नुभएको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In