• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषाको चिल्ड्रेन ईङगलिस बोर्डिंगको खेलकुद सप्ताह सम्पन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २, २०७६, ९:०२ PM
0
धनुषाको चिल्ड्रेन ईङगलिस बोर्डिंगको खेलकुद सप्ताह सम्पन्न

धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा रहेको चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । १८ वर्ष सफलतापूर्वक पार गरी १९ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । सोही क्रममा सबैला नगरपालिका वडा नं. १२ का वडाध्यक्ष प्रदीप महतोले बालबालिकाहरुलाई अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनु आवश्यक रहेको बताएका छन् । स्कूलले सँचालन गरेको सप्ताहव्यापी खेलकूद कार्यक्रम तथा १९ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले बालबालिकाहरुलाई अध्ययनको बोझबाट सहजता दिन अतिरिक्त क्रियाकलाप को आवश्यकता औंल्याए । उनले बालबालिकाहरुको मानसिक अवस्था दुरुस्त राख्नको लागि खेलकूद अनिवार्य भएको बताउँदै विद्यालय परिवारले गरेको खेलकूद सप्ताहको प्रशंसा गरे ।

१९ औं वार्षिकोत्सवको अवसरमा गत पुस २५ गतेदेखि सुरु भएको खेलकूद सप्ताहलाई समापन गर्दै वडाध्यक्ष महतोले बालबालिकाहरुको लगनशिलताप्रति खुसी व्यक्त गरे । चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले स्थानीय बालबालिकाहरुलाई शिक्षाका साथै खेलकूदमा समेत ध्यानाकर्षण गराएको बताए । रघुनाथपुर तथा उक्त क्षेत्रकै सबभन्दा पुरानो बोर्डिङग स्कूल मानिएको उक्त विद्यालयले प्रत्येक वर्ष “खेलकुद सप्ताह” को आयोजना गर्दै आएको छ । यसपाली पनि १९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको “खेलकुद सप्ताह” अन्तर्गत कबडी, हाईजम्प, लङ्गजम्प, स्पुन रेस, म्यूजिकल चेयरलगायत दर्जनौ खेल समावेश गरिएको थियो । विद्यालयका संस्थापक सुरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको सो “खेलकुद सप्ताह” को समापन कार्यक्रममा सप्ताहभरिको खेलकूदको क्रममा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको हो ।

विभिन्न विद्यामा प्रथम, दोस्रो तथा तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको हो । समापन कार्यक्रममा विद्यलायका शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो भने पुराना शिक्षक शिक्षीकाहरुलाई सम्मान सहित विदाई गरिएको थियो । खेलकुद सप्ताहमा सहभागी विभिन्न प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्रलगायतका पुरस्कार प्रदान गरिएको थियो । सो क्रममा विद्यालयका छात्रछात्राहरुले अतिथिहरुलाई सम्मान स्वरुप विभिन्न नृत्य, मौलिक नृत्य, साँगितिक कार्यक्रमको समेत प्रदर्शन गरेको विद्यालयका प्रिन्सीपल दिगम्बर महतोले बताए । समापन कार्यक्रममा अतिथिको रुपमा आधारभूत विद्यालय किरतपुर ढोलबज्जाका प्रधानाध्यापक तथा नगर शिक्षा समितिका सदस्य पवन महतो, ज्ञानोदय बालवाटिकाका प्रिन्सीपल नवीन जयसवाल, समाजसेवी राम नारायण महतो, अशोक महतो सहित अभिभाबक कन्चन श्रेष्ठले आ आफ्नो धारणा राखे ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In