
धनुषा, ०७६ माघ २१ गते ।
धनुषालगायत देशभर दादुरा रुवेला खोप अभियान संचालन गरिने भएको छ । अभियान संचालनको लागि शहिदनगर नगरपालिकामा एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । फागुन १ गतेदेखि ९ गतेसम्म संचालन हुने अभियानको तयारीका लागि शहिदनगर नगरपालिकाका प्रमुख मेयर उदय कुमार बरबरिया यादवको सभापतित्वमा नगरस्तरिय अभिमुखिकरण गोष्ठि सम्पन्न गरिएको छ । गोष्ठिमा नगरपालिकाको प्रशासकीय प्रमुख नन्द कुमार झा, नगर स्वास्थ्य संयोजक, सह संयोजक , सम्पुर्ण वडा अध्यक्षहरु, स्वास्थ चौकी इन्चार्ज, प्रध्यानाध्यापक कृष्ण भिनवारलगायतको सहभागितामा अभिमुखिकरण गोष्ठि गरिएको छ ।

दादुरा रुवेला खोप अभियानको क्रममा खोप तथा पोलियो थोपा को ब्यबस्थापन , अनुगमन गर्न नगर स्तरीय, वडा स्तरीय समिति गठन , प्रचार प्रसार सम्बन्धि वृहत्त रुपमा छलफल गरिएको छ । गोष्ठिमा नगर प्रमुख बरबरिया यादवले स्वास्थ्यकर्मीहरुलाई खोपबाट कुनै पनि बालबालिकाहरु बन्चित नहुने गरि सबै स्वास्थ्यकर्मीहरुलाई आफनो पेशाप्रती उतरदायित्व बोध गर्न निर्देशन दिएका छन् । उनले अभियानको क्रममा राम्रो काम गर्नेलाई प्रोत्साहन जानुपर्ने बताएका छन् ।