• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

१६ सिसिटीभि क्यामेरा छलेर कसले विद्यालयको २६ कम्प्युटर भएको ल्यावमा आगजनी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २१, २०७६, ९:०२ PM
0
१६ सिसिटीभि क्यामेरा छलेर कसले विद्यालयको २६ कम्प्युटर भएको ल्यावमा आगजनी

धनुषा, ०७६ माघ २१ गते ।
श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा अपराधिक गतिविधीलाई नियन्त्रण गर्नका लागि विद्यालयको वरिपरि १६ वटा सिसिटीभी क्यामेरा जडान गरिएको छ । विद्यालयमा २६ वटा कम्प्युटरसहितको ल्यावलाई लक्षित गरेर ४ वटा क्यामेरा जडान गरिएको छ भने ल्यावभित्रको गतिविधीलाई नियाल्नका लागि एक वटा क्यामेरा जडान गरिएको छ । तर १६ वटा सिसिटीभि क्यामेरालाई छलेर माघ १९ गते राति विद्यालयको कम्प्युटर ल्यावमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको छ ।
अज्ञात समुहको आगजनीले गर्दा कम्प्युटर ल्यावमा रहेको सम्पूर्ण कम्प्युटर जलेर खरानी हुनुको साथै भवनको भmयाल, ढोका र भवनमा क्षति भएको विद्यालयका कम्प्युटर शिक्षक विजय कुमार महतोले जानकारी दिनुभएको छ । विद्यालयमा गत मङ्सिर महिनामा नेपाल टेलिकमले विद्यालयलाई उपलब्ध गराएको २४ थान कम्प्युटर र विद्यालयको तर्फबाट थप गरिएको २ कम्प्युटरसहित २६ थान कम्प्युटर, सिसिटीभी क्यामेरा, कारर्पेट, टेवल, कुर्सी, कोठाको भmयाललगायतको सरसमान जलेर नष्ट भएको विद्यालयका प्रध्यानाध्यापक रामकुमार महतोले जानकारी दिनुभएको छ । कम्प्युटर ल्यावमा भएको आगलागीबाट २७ लाख मुुल्यबरावरको क्षति भएको शिक्षक विजयकुमार महतोले जानकारी दिनुभएको छ ।
विद्यालयमा १६ वटा सिसिटीभी जडान गरिएको छ । कम्प्युटर ल्यावलाई लक्षित गरेर बाहिरतर्फ ४ वटा र ल्याव भित्र एक वटा सिसिटीभी जडान गरिएको छ । तर बाहिर जडान गरिएको सिसिटिभीको फुटेजमा कुनै व्यक्ति आएको गएको देखिएको छैन् । कम्प्युटर ल्यावको भित्री भवनमा ल्याइएको सिसिटीभी फुटेजमा ल्यावको भेन्टिलेटरबाट कसैले आगो फालेको, पेट्रोल छर्केको देखिएको कम्प्युटर शिक्षक विजय कुमार महतोले जानकारी दिनुभयो । कम्प्युटर ल्यावको छेउमा पेट्रोल राखिएको डेढ लिटरको एक बोतल समेत फेला परेको छ । कम्प्युटर ल्यावमा आगजनी भएको ल्याव कोठाकै अगाडीको प्यासेजमा कार्यालय सहयोगी रजाई यादव सुति रहेको वेलामा एक्कासी गन्ध र धुवाँ आएपछि राति २ः१८ मा कार्यालय सहयोगी उठेर तल आएको सिसिटिभी फुटेजले देखाएको शिक्षकले महतोले बताउनुभयो ।


यसअघि माघ ११ गते राति महेन्द्र माध्यमिक विद्यालयको साइन्स ल्यावको भवनमा समेत आगजानी गरिएको विज्ञान शिक्षक रमेशलाल कर्णले जानकारी दिनुभएको छ । विज्ञान प्रयोगशालामा माघ ११ गते राति भएको आगजनी घटनाले प्रयोगशालामा भएको दराजमा राखिएको माइक्रोस्कोप २ थानलगायत विज्ञान प्रयोगशालाको लागि राखिएको सर समान जलेर नष्ट हुनुको साथै शिक्षकले आफनो, शिक्षिका सुधा कुमारी कर्ण र छोरी रिचा कुमारी कर्णको दराजमा राखेको शैक्षिक सर्टिफिकेटलगायतको सामाग्री जलेर नष्ट भएको विद्यालयले जनाएको छ ।
माघ ११ गते विज्ञान प्रयोगशालामा भएको आगजनी घटनाबारे इलाका प्रहरी कार्यालयलाई जानकारी गराएपछि घटनास्थल पुगेका प्रहरी इन्स्पेक्टर तिर्थ कार्कीको टोलीले विजुली सर्ट भएर आगलागी भएको मुचुल्का गरेका थिए । विज्ञान शिक्षक रमेशलाल कर्णले प्रयोगशालामा भएका अन्य सरसमानमा कुनै क्षति नभएपनि दराजमा मात्रै आगलागीले गर्दा आफुले नियतवश आगजनी गरेको आशंका गरेपनि प्रहरीको टोलीले विजुली सर्ट नै भएको भनेपछि घटना सेलाएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर तिर्थ कार्कीका अनुसार विद्यालयको कम्प्युटर ल्याव र यस पहिले विज्ञान प्रयोगशालामा भएको आगजानी घटनाबारे सुक्ष्म तरिकाले अध्ययन गरि रहेको बताउनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In