
धनुषा, ०७६ माघ २५ गते
चीनमा महामारीको रुप लिएको कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेर ७२२ पुगेको छ । कुल ३४ हजार ५ सय ४६ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा यो विषाणुका कारण शुक्रबार मात्र ८६ जनाको मृत्यु भएको छ । यसमा ८१ जना हुबेईं प्रान्त र त्यसको प्रान्तिय राजधानी वुहानमा भयो । यसको अलावा हिलान्गजियांगमा दुइ, बेइजिङ्ग, हेनान र गान्सुमा एक(एक व्यक्तिको मृत्यु भएको छ ।
चीन बाहेक अहिलेसम्म २७ भन्दा अधिक देशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यही संक्रमणका कारण एक अमेरिकी नागरिकको मृत्यु भएको छ । अमेरिकी दूतावासले शनिवार यो जानकारी दिएको हो । ६० वर्षिया अमेरिकी नागरिकको वुहानमा बिहिबार मृत्यु भएको थियो ।