डाक्टरको लापरवाही : गर्भपतन गरेको ७ महिनासम्म पेटमै बच्चाको अवशेष छुटेपछि


धनुषा, ०७६ फागुन ४ गते ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २५ वर्षीय महिलाको ७ महिना पहिले गर्भमै बच्चाको मृत्यु भएपछि गरिएको गर्भपतनको क्रममा शिशुको अवशेष पेटगर्भपत गरिएको थियो । तर, गर्भपनको क्रममा महिलाको पेटमा बच्चाको शरिरको अवशेष छुटेको थियो ।

गत असार १० गत्ते ६ महिनाको बच्चा गर्भमै मरेको थाहा पाएपछि पिडित महिला डा नरेश पंडितले संचालन गर्दै आएको सिटी अस्पताल भानुचौकमा गर्भपतन गराउनुभएकी थिइन् । ६ महिनाको गर्भमै बच्चा मरेको छ भनेर चिकित्सकको सल्लाहमा बच्चालाई बाहिर निकालेपछि उनी पटक पटक विरामी भएपछि डा. पंडितले नियमित रुपमा उपचार गर्दै आएको पिडित चन्दा कुमारी देवीका पति राजेश पाण्डेले जानकारी दिनुभएको छ ।


गर्भपटनपछि पटक पटक विरामी हुदै आएपछि जनकपुरका डा. आर एन झासँग चेकजाँच गराउदा पेटमा बच्चाको अवशेष रहेको पुष्टि भएको पिडितका पति पाण्डेले बताउनुभएको छ । डा. झाको रिपोर्ट गलत रहेको डा पण्डितले दावी गरेपछि विरामी भएकी पिडित महिलालाई उपचारका लागि काठमाडौंस्थित भ्याली नर्सिङ्ग होममा उपचार भई रहेको छ ।


उपचारको लागि भर्ना भएकी चन्दा कुमारी देवीको माघ २३ गते अप्रेशन गरेर पेटबाट वच्चाको शरिरको अवशेष झिकेको पति पाण्डेले जानकारी दिनुभएको छ । लामो समयसम्म बच्चाको अवशेष आमाको पेटमा रहेकाले गर्दा स्वास्थ्य क्षेत्रमा गरेको खेलवाड गरेको गुनासो पोख्नुभएको छ । पिडित पाण्डेले आफु पनि पत्नीसंगै काठमाण्डौमाा रहेकाले गर्दा फर्केर गाउँ आएपछि प्रहरीमा उजुरी गर्ने बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार