काठमाण्डौमा कोरोनाका संक्रमित दुई जना टेकु अस्पताल भर्ना


काठमाण्डौ, ०७६ फागुन १९ गते ।
नेपालमा कोरोना भाइरसका संक्रमित भएको आशंकामा दुई जनालाई अस्पताल भर्ना गरिएको छ । चीन र दक्षिण कोरियाबाट फर्केर आएका उनीहरुमा भाइरस देखिएको भन्दै टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
उनका अनुसार उनीहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आइसोलेसनमा राखेर जाँच गर्न खोजिएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताएका छन् ।
अस्पतालले रगतकोा नमुना संकलन गरेर ल्याबमा पठाइसकेको बताउँदै सोमबारसम्ममा रिपोर्ट आउने बताए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ । नेपाल परि कोरोना भाइरस सर्ने देशको उच्च जोखिम देशमा परेका छन् ।

धेरै पढिएको

ताजा समाचार