
०७६ मंसिर १९ गते ।
जनकपुरधाम । निजी विद्यालयहरुको संगठन प्यावसन धनुषाले हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको गंगोत्री आवासिय विद्यालयमा प्यावसन धनुषाले माध्यमिक तह, आधारभुुत तह र प्राथमिक तहका विद्यालयहरुविच गरिएको हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।
प्यावसन धनुषाका अध्यक्ष गणेश साहको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख बरखुप्रसाद रजकको प्रमुख आतिथ्य, क्षिरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियारको विशेष उपस्थितीमा आयोजित पुरस्कार वितरण समारोहमा प्यावसन प्रदेश २ का सचिव विश्वलाल सिंह, प्यावसन धनुषाका निर्वमान अध्यक्ष नरेन्द्र कुमार शर्मा, प्यावसनका बटेश्वर गापा अध्यक्ष श्रवण महतोलगायतका प्यावसन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
बाल दिवसको अवसरमा प्यावसन धनुषाले विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो । विजेता विद्यार्थीहरुलाई शिल्ड र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।