• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा आमाले तनाव लिनु बच्चाको लागि खतराको संकेत

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ३०, २०७६, ७:०२ AM
0
गर्भावस्थामा आमाले तनाव लिनु बच्चाको लागि खतराको संकेत

एजेन्सी, ०७६ फागुन ३० गते

गर्भावस्थाको क्रममा महिलाहरुले आफ्नो गर्भमा हुर्किएरहेको बच्चाको चिन्ता र आफ्नो स्वास्थ्यको बारेमा धेरै सोच्नाले केही तनाव हुनु सामान्य कुरा हो । तर,यदि गर्भवती महिला आवश्यक भन्दा धेरै तनाव लिने, डिप्रेशन भयो भने गर्भमा भएको बच्चाको इम्युनिटीमा यसको नकारात्मक असर पर्छ ।

महिलाहरुको गर्भधारणको क्रममा केवल आफ्नो स्वास्थ्य र खानपानको मात्र होइन, आफ्नो जीवनशैलीमा पनि पूर्ण रुपले ध्यान दिनु पर्छ । प्रायः गर्भवती महिलाहरु आफ्नो जन्मने बच्चालाई स्वास्थ राख्नका लागि आफ्नो शारीरिक सरसफाई र स्वास्थको त ध्यान राख्छन्, तर मानसिक स्वास्थ्यप्रति उनीहरुले त्यति ध्यान दिँदैनन् ।

हालसालै क्यानडामा भएको एउटा अध्यययनमा गर्भधारणको समयमा महिलाको मानसिक स्वास्थको सोझो असर जन्मने बच्चाको रोग प्रतिरोधक क्षमता अर्थात इम्यूनिटीसंग सम्बन्धित छ भन्ने कुरा उल्लेख भएको छ । यस अध्ययनलाई केमिकल एन्ड एक्स्पेरिमेन्टल एलर्जी नामक जर्नलमा प्रकाशित गरिएको छ ।

आमालाई डिप्रेशन भयो भने बच्चालाई स्वाससंग सम्बन्धित बिरामीको खतरा हुन सक्छ

एउटा सर्वेक्षण अनुसार जुन महिलाहरुमा गर्भधारणको पहिलो चरणमा अर्थात १ देखि ३ महिनाको क्रममा डिप्रेशन र तनावको समस्या भएको हुन्छ, उनीहरुबाट जन्मने बच्चाहरुमा रोग प्रतिरोधक क्षमता अर्थात इम्यूनिटी कम भएको पाइन्छ । त्यस्ता आमाहरु, जसको गर्भधारणको समयमा मानसिक स्थिति सामान्य हुन्छ उनीहरुबाट जन्मेका बच्चाहरुको रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । गर्भधारणको समयमा सामान्य डिप्रेशन हुन्छ, तर कोहि-कोहि महिलाहरु यति धेरै डिप्रेशनको शिकार हुन्छन्, उनीहरुलाई मेडिकल हेल्प पनि लिन पर्न सक्छ ।

त्यस्तै इन्टरनेशनल स्टडी अफ अस्थमा एन्ड एलर्जी इन चाइल्डहुडका अनुसार यदि कुनै महिला गर्भधारणको क्रममा मानसिक रुपमा स्वस्थ छैन भने उबाट जन्मने बच्चामा अस्थमा अथवा स्वास प्रस्वास सम्बन्धि समस्या हुने खतरा हुन्छ । तर क्यानडामा भएको सर्वेक्षण एउटा त्यस्तो पहिलो अध्ययन हो जसमा शिशुको इम्यूनिटीमा यसको असर देखिएको थियो ।

रोग प्रतिरोधक क्षमताको आवश्यकता

रोग प्रतिरोधक क्षमताले हामीलाई बाहिरबाट शरीरमा प्रवेश गर्ने विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया तथा रोगहरुबाट हामीलाई बचाउँछ । रोग प्रतिरोधक क्षमताले शरीरका विभिन्न किसिमका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्‍याउँछ ।  यदि कुनै मानिसमा रोग प्रतिरोधक क्षमता कमजोर छ भने उ छिट्टो छिट्टो रोगहरुको शिकार हुन्छ । हरेक व्यक्तिको इम्यूनिटी उसको आमामा धेरै हदसम्म निर्भर गर्छ ।

किनभने गर्भमा शिशुको शरीर निर्माणको क्रममा नै रोग प्रतिरोधक क्षमता बढाउने किसिमको एन्टिबडिज आमाबाट शिशुमा स्थान्तरन हुन्छ । शिशुमा इन्टेस्टाइनल सेक्रीटरी इम्यूनोग्लोबुलिन एउटा त्यस्तो एन्टिबडी हो,जुन शिशुले गर्भभा रहने क्रममा आमाबाट प्राप्त गर्छ । त्यस्तै यसले बच्चाको रोग प्रतिरोधक क्षमतामा महत्वपूर्ण भुमिका निभाउछ ।

गर्भधारणको समयमा खानपानमा ध्यान राख्नु अवश्यक छ

गर्भमा रहेको शिशुको रोगप्रतिरोधक क्षमता राम्रो होस् भन्नाका लागि भर्गवती महिलाले अन्य कुरासंगै खानपानमा पनि विशेष ध्यान दिनु पर्छ । गर्भवती भएको समयमा समय समयमा खाना खानु पर्छ । त्यस्तै खाना पौषिटक पर्दाथले भरिपूर्ण हुनु पर्छ । गर्भधारणको समयमा ड्रग्स, अल्कोहल, धुम्रपानबाट टाढा रहनु पर्छ । साधारण जीवनशैली बाच्नु पर्छ । यसो गर्नाले गर्भमा रहेको बच्चाको स्वास्थमा सकारात्मक असर पर्छ ।

आमाको शरीरका लागि पनि हानिकारक छ तनाव

त्यसो त गर्भधारणको क्रममा केहि तनाव हुनु सामान्य कुरा हो । तर यदि तपाईं कुनै कुरा लाई लिएर धेरै तनाव लिनु भएको छ भने यसले केवल गर्भवती महिलालाई मात्र होइन जन्मँदै गरेको बच्चालाई पनि नराम्रो असर पर्छ । अत्यधिक तनावका कारणले गर्भवती महिलालाई निद्रा नलाग्ने समस्या हुन्छ ।

टाउको दुख्ने, भोक नलाग्ने अथवा आवश्यक भन्दा धेरै खान थाल्छन् । यसको साथै तनाव लामो समयसम्म भैरहृयो भने हाई ब्लड प्रेशर र मुटु सम्बन्धि रोगहरु पनि लाग्ने सम्भावना हुन्छ । गर्भधारणको समयमा धेरै तनाव लिनाले समय भन्दा अगाडि नै बच्चा जन्मने अर्थात प्रीमच्योर डेलिभरी हुने खतरा हुन्छ ।

यी कारणहरुले हुन्छ तनाव

१. शरीर दुख्ने, कब्जियत हुने, ढाड दुख्ने र थकान हुने जस्ता कुराहरुले तनाव महसुस हुन्छ ।

२.गर्भधारणको क्रममा हार्मोन्समा हुने परिर्वतनका कारणले मुड स्विङ हुन्छ जसका कारण पनि तनाव हुन्छ ।

३.बच्चालाई जन्माउने क्रममा हुने प्रसव पीडा, बच्चाको हेरचाह कसरी गर्ने जस्ता कुराहरुका बारेमा सोचेर पनि गर्भवती महिला धेरै तनाव हुन्छ ।

४. यदि तपाई कामकाजी महिला हुनु हुन्छ भने अफिसको काम, घर सम्हाल्नु र बच्चाको जिम्मेवारी जस्ता कुराहरुले पनि तपाईंलाई तनाव हुन सक्छ ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In