• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शिक्षामा अधिकार नै छैन, केन्द्रकै आदेश पर्खाइमा छौंः सामाजिक विकास मन्त्री साह

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख १५, २०७७, ३:०९ PM
0
शिक्षामा अधिकार नै छैन, केन्द्रकै आदेश पर्खाइमा छौंः सामाजिक विकास मन्त्री साह

०७७,बैशाख १५ गते ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोनाको महामारीका कारण लकडाउन गरिएको अवस्थामा शिक्षासम्बन्धी कार्ययोजना बनाउन प्रदेश सरकारको कुनै पनि अधिकार नभएकाले केन्द्रकै मुख ताकेर बस्नुपरेको लाचारी व्यक्त गर्नुुभएको छ ।


शिक्षा पत्रकार समूहद्वारा आज आयोजित अनलाइन प्रेस मिटमा मन्त्री साहले भन्नुभयो, ‘कक्षा १२ सम्म हेर्ने अधिकार हामीलाई थियो भने प्रदेश सरकारले काम गरिसक्थ्यो । प्रदेशलाई खाली पान्नाका कापी पठाएर के हुन्छ ?’ उहाँले अधिकार बाँडफाँडका विषयमा स्पष्टता आउनैपर्ने जिकिर गर्नुभयो । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाईसम्म केन्द्र सरकारमातहतमै रहनुले पनि प्रदेशले केही गर्न नसक्ने उहाँको रोष थियो । स्थानीय सरकारले पनि कक्षा १२ सम्म चलाउन नसक्ने अवस्था रहेको र त्यो अधिकार प्रदेश सरकारको हुनुपर्नेमा मन्त्री साहको जिकिर छ ।


अहिलेपनि केन्द्रले शैक्षिक सामग्री लिन बोलाएको र दुई गाडी सामान प्रदेश २ मा ल्याउन लागिएको उहाँले सुनाउनुभयो । यद्यपि, ती सामग्रीमा के–के पर्छन् भनेर उहाँले प्रष्ट पार्न सक्नुभएन । मन्त्री साहले प्रदेशले यतिबेला केन्द्र सरकारको निर्देशनलाई सघाउनेबाहेक अरु उपाय नभएको बताउनुभयो । ‘तर यो आपत्मा संघीय सरकारलाई हामीले सघाउने नै हो,’ उहाँले भन्नुभयो । उत्तिकै अधिकार भएका अरु प्रदेशहरुले भने नयाँ परिस्थितिमा पठनपाठनको पहुँच विद्यार्थीसम्म कसरी पुर्याउन सकिन्छ भनेर अध्ययन थालेका छन् । तर, प्रदेश २ का मन्त्री साहले भने अहिलेसम्म कुनै कार्ययोजना नबनेको बताउनुभयो ।


एक अर्काे प्रश्नमा मन्त्री साहले कोरोनाको जोखिमको अवस्थामा इन्टरनेट, टेलिभिजन र रेडियोमार्फत् पठनपाठन गराउन सम्भव नहुने ठोकुवा गर्नुभयो ।


‘जनतासँग मोवाइलै छैन,

इन्टरनेटबाट पढाउन सम्भव के होला र !’


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन भर्च्युअल कक्षा पढाउनेगरी तयारी गरिरहँदा प्रदेश २ का सामाजिक विकास मन्त्री साहले आफ्नो प्रदेशमा यो सम्भव नहुने धारणा राख्नुभयो । ‘हाम्रो प्रदेशमा जनता धेरै गरीब छन् । १० जनामा २ जनासँग मात्र रेडियो छ । टेलिभिजनको पहुँच अझ थोरै छ । इन्टरनेट त टाढाको कुरा,’ मन्त्री साहले भन्नुभयो, ‘यस्तो अवस्थामा तपाईँ पत्रकारहरु नै भन्नोस् कि हामी के गर्न सक्छौं ?’


कोभिड १९ का कारण एसइइ र कक्षा ११/१२को परीक्षा रोकिएको अवस्थामा अब गरिने जाँच अहिले तोकिएकै परीक्षाकेन्द्रहरुबाट सम्भव नहुने पनि उहाँले बताउनुभयो । शहरीकृत परीक्षाकेन्द्रलाई बाँड्नुपर्ने भन्दै मन्त्री साहले एक हजार विद्यार्थीबराबर ४ वटासम्म परीक्षा केन्द्र बनाई एसइइ र कक्षा ११/१२को जाँच लिनुपर्ने धारणा राख्नुभयो ।

साभार : आजको शिक्षा

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In