• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पतालमै सामाजिक दुरीको धज्जी उडाइयो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख १५, २०७७, ३:४१ PM
0
प्रादेशिक अस्पतालमै सामाजिक दुरीको धज्जी उडाइयो


विरेन्द्र साह
०७७ वैशाख १५ गते ।
विश्वभर कोरोना भाइरसको महामारी चलि रहँदा चैत ११ गतेदेखि लकडाउनमा रहेको नेपालमा सामाजिक दुरीको पालना गरिदै आएको छ । लकडाउनको बेलामा घर बाहिर निस्केको र सामाजिक दुरीको पाल्ना नगरेको भन्दै दिनदहाडै मरणासन्न हुने गरि कुटपिट गर्दै आएको प्रहरीकै सामुने जनकपुरमै सामाजिक दुरीको बैशाख १५ गते धजिया उडाइएको छ ।


प्रादेशिक अस्पताल जनकपुरमा बालबच्चाहरुको लागि नियमित खोपको लागि पुगेका सेवाग्राहीको भिडलाई स्थानिय प्रशासनले सामाजिक दुरीको पालना गराउन असफल भएको छ । प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा सामाजिक दूरीको परवाह नगरी सयौंको संख्यामा अभिभावकहरु पुगेका छन् ।


यसअघि वडा कार्यालयमार्फत् बालबालिकालाई खोप दिइए पनि यसपटक उपमहानगरपालिकाले चासो नदिँदा प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा भीडभाड बढेको हो ।
संस्थागत क्लिनिकमा भीडभाड बढे पनि दूरी कायम गराइएको छैन । खोप लिने साना बालबालिकाहरु रहेकोले भीडभाडमा उनीहरु थप जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

संघीय सरकारको परिपत्रअनुसार गत शुक्रबारदेखि नियमित खोप सञ्चालन भए पनि उपमहानगरले बालबालिकाहरुलाई वडामा खोप दिने व्यवस्था नगरेपछि संस्थागत क्लिनिकमा भीडभाड बढेको जनस्वास्थ्य कार्यालयका प्रमुख इन्द्रप्रसाद यादवले बताए ।

‘खोप सञ्चालन गर्न बिहीबार संघीय सरकारको पत्र हामीलाई प्राप्त भयो। शुक्रबारदेखि वडाहरुमा खोप सञ्चालन गर्न स्थानीय तहहरुलाई जानकारी गराइसकिएको छ,’ उनले भने, ‘वडाहरुमा खोप सञ्चालन नभएपछि संस्थागत क्लिनिकमा भीड बढेको छ ।’ वडा कार्यालयमै खोप सञ्चालन गराउन आफूहरुले सम्बन्धित निकायलाई जानकारी गराइसकेको उनले बताए।

जनकपुरधाम उपमहानगरपालिकाका खोप शाखाका प्रमुख उमेश रायले जनशक्ति अभावका कारण वडाहरुमा खोप सञ्चालन हुन नसकेको बताए । ‘दुईजना कर्मचारी छन्, बालबालिकालाई खोप दिने कि सामाजिक दूरी कायम गराउने,’ रायले भने, ‘वडा कार्यालयहरुमा भीडभाड बढी हुने भएपछि खोप सञ्चालन गर्न कठिनाइ भएको छ ।’

जनशक्ति थप्ने कुरा भइरहेको बताउँदै उनले आगामी महिनादेखि पुनः वडाहरुमै खोप सञ्चालन गरिने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In