दलित विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

रौतहट २७ मंसिर
रौतहटको बृन्दाबन नगरपालिकाको धमौरा टोलका १५ जना दलित (डोम) जातीका बालबालिकाहरुलाइ पढाई लेखाइमा अभिरुचि जगाउन खेल तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
चन्द्रनिगाहपुर सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रमअन्र्तगत शुक्रवार दलित टोलका ्९ जना डोम जातीको बसोवास छ । तराई मधेशमा डोम जाति समाजमा निकै पछाडि पारिएको छ । सो बस्तीका १५ जना बालवालिकालाई शिक्षाप्रति प्रोत्साहन स्वरुप प्रति विद्यार्थी कापी, कलम, पेन्सील कटरकोलगायतको शैक्षिक सामाग्री चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष निर्मल भण्डारीको नेतृत्वमा प्रदान गरेको महासचिव दिलिप सापकोटाले जानकारी दिएका छन् ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ , पुर्व अध्यक्ष अनन्त अधिकारीलगायतका सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार