
०७६ मंसिर २८ गते ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा सरसफाई गरिएको छ । प्रभु लाइफ इन्स्योरेन्स जनकपुरका शाखा प्रवन्धक सिताराम महतोको नेतृत्वमा जनकपुरको प्रादेशिक अस्पतालको प्राङणमा सरसफाई गरिएको छ ।

अस्पतालको नर्सिङ कलेज, सहिद गंगालाल हृदयकेन्द्र र परिवार नियोजन संघको प्राङणमा सरसफाई गरिएको छ । सरसफाइमा नर्सिङ कलेजका प्रिन्सिपल जेके लाल, समाजसेवी युवा नेता शम्भु निदोर्षीलगायत प्रभु लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुको सहभागिता रहेको थियो ।