प्याब्सन धनुषा अध्यक्षमा विनोद यादव सर्वसम्मतीले चयन

धनुषा,०७८ पुस १० गते ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल धनुषा अध्यक्षमा विनोद कुमार यादवलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

शुक्रवार धनुषाको लालगढमा आयोजित ९ औं जिल्ला अधिवेशनबाट ( ग्रेस इग्लिस बोर्डिङ्ग स्कुल रमदैयाका प्रिन्सिपल) विनोद कुमार यादवलाई सर्वसम्मत चयन गरेको हो ।


कमिटीको उपाध्यक्षमा नवलकिशोर यादव र राजकुमार कर्माचार्य र शम्भु नायकलाई चयन गरिएको प्याब्सन प्रदेश २ सचिव विश्वलाल सिंहले जानकारी दिनुभयो ।

कमिटीको धनुषा सचिवमा दिवाकर झा, कोषाध्यक्षमा रामरतन साह सर्वसम्मत चयन हुनु भएको हो । प्याब्सन धनुषामा हाल १६१ निजी विद्यालयहरुका आवद्ध रहेका छन् भने देशभर ४ हजार ५ सय विद्यालयको आवद्धता रहेको छ ।

प्याब्सन धनुषाका नवनिवार्चित अध्यक्ष विनोद कुमार यादव

धेरै पढिएको

ताजा समाचार