• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

राजर्षी जनक माविको जग्गा बदनियतपूर्ण तरिकाले किर्ते गरियो : वक्ताहरुको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २१, २०७८, ११:०५ AM
0
राजर्षी जनक माविको जग्गा बदनियतपूर्ण तरिकाले किर्ते गरियो : वक्ताहरुको भनाई

धनुषा,०७८ पुस २१ गते । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित राजर्षि जनक माध्यमिक विद्यालयको जग्गा वडाध्यक्ष रामेश्वर महासेठ परिवारले समुदायका स्थानियबासिन्दाहरुलाई छलेर किर्ते लालपूर्जा बनाएको आरोप लगाएका छन् ।


पुस २० गते विद्यालयको सार्वजानिक सम्पत्ति संरक्षण, भौतिक पूर्वाधार विकास र गुणस्तरिय शिक्षा विषय अभिभावकहरुसंग गरेको छलफल तथा पत्रकार सम्मेलन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रसाद यादवले विद्यालयको ४ कोठे भवन भत्काइएपछि विद्यालयको पठन पाठनमा समस्या हुदै आएको बताए । उनले भने विद्यालयमा कक्षाकोठा अभाव छ, विद्यार्थीहरुलाई पठाउन समस्या भई रहेको छ ।

विद्यालयको जग्गा वर्तमान वडाध्यक्ष रामेश्वर महोसेठ परिवाले कब्बा गर्ने योजना रहेकाले आफुहरुलाई पटक पटक विद्यालय खाली गर्न दवाव आई रहेको बताए । कुर्थाको कित्ता नं. ५३ मा एक पोखरीसहितको ३ विगहा १५ कठठा ५ धुर जग्गामा विद्यालय रहेको छ । २०१५ सालमा स्थापना भई विधिवत रुपमा २०१७ सालदेखि पठन पाठन सुरु भएको विद्यालयको सम्पत्ति उपर महासेठ परिवारको नजर रहेको प्रधानाध्यापक यादवको आरोप छ । प्रधानाध्यापक यादवले विद्यालयको जग्गा किर्ते गरेको आरोपमा दुषित लालपुर्जा बदर गरि पाउँ भनी विद्यालयको तर्फबाट आफुले जिल्ला अदालत धनुषामा मुद्धा दायर गरेको बताए ।


युवा नेता सुरेश कोइरालाले विद्यालयको सम्पत्ति उपर वडाध्यक्ष परिवारको दुषित नजर पर्नु दुभाग्य रहेको बताए । उनले भने विद्यालयको सम्पत्ति विद्यालयकै नाममा हुनुपर्छ, यसका लागि स्थानियबासिन्दा, समाजसेवी, राजनितिकर्मी तथा शिक्षाप्रेमीको साथ र सहयोगले आफुले पूर्ण सहयोग गर्ने बताए । कोइरालाई विद्यालयको भौतिक सम्पत्तिको संरक्षण, गुणस्तरिय शिक्षाका लागि सवैको सहयोग हुनुपर्नेमा जोड दिए ।
कुर्थाका पूर्वप्रधान पञ्च रामफल पंडितले खाली सार्वजानिक जग्गामा पंचायत भवन, प्रहरी चौकी र स्कुल एक साथ सुरु भएको हो । यो पोखरी दनुवारको हो भन्दै २०२६ सालमा नापी कार्यालयको टोली आउँदा विद्यालयको नाममा नापनक्सा भएको बताए ।

स्थानिय समाजसेवी भोगेन्द्र रायले आफनो बाजे परसुराम अमात्यले स्थानियहरुको सहयोगमा २०१७ सालमा विद्यालयका स्थापना गरेको बताए । पछिल्लो समयमा आएर महासेठ परिवारले तत्कालिन विद्यालयका प्रधानाध्यापक, तत्कालिन प्रधान पंच आफु भएको अनुकुल पारेर विद्यालयको जग्गाको लालपुर्जा किर्ते गरेको आरोप लगाए । विद्यालयको भोगचलनमा रहेको जग्गा विद्यालयको सम्पत्ति हो, यो सम्पत्तिमा बचाउन आफुहरु खुन र पसिना एक गर्ने बताए ।


वडा नं. २१ का वडा सदस्य महेन्द्र महतो र वैद्यनाथ पंडितले समेत परापूर्व कालदेखि विद्यालय रहेको जग्गा विद्यालयकै नाममा हुनुपर्ने माग गरेका छन् । विद्यालयको भवन वडाध्यक्ष रामेश्वर महासेठको निर्देशनमा भत्काउनु गैरकानुनी भएको भन्दै विद्यालयको भवन र जग्गा हाम्रो कर्तव्य र दायित्व भएको बताए ।


स्थानिय समाजसेवी युवा नेता शम्भु झाले विद्यालयको सम्पत्ति बचाउनु हामी सवैका साझा अभियान र दायित्व भएकोले यसको लागि हामीलाई सवैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In