• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विद्यालयको जग्गामा जनप्रतिनिधीको नजर

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २३, २०७८, ६:४९ PM
0
विद्यालयको जग्गामा जनप्रतिनिधीको नजर
   दिपेन्द्रप्रसाद सिंह

धनुषा,०७८ पुस २३ गते । धनुषामा पछिल्लो समय सरकारी तथा सामुदायिक विद्यालयहरुको जग्गा जमिन हडप्ने प्रवृत्ति मौलाउँदै गएको छ । सरकारी विद्यालयहरुको धन सम्पत्ति रेखदेख र संरक्षण गर्ने छुटटै निकाय वा समिती नभएर विद्यालयको जग्गा जमिनमाथि कब्जा गर्ने घटनाहरु दिनानुदिन बढ्दै गएको देखिन्छ । जसको यथेष्ट उदाहरण हो, जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित राजर्षि जनक माध्यमिक विद्यालयको कित्ता नं. ५३ मा एक पोखरीसहितको ३ विगहा १५ कठठा ५ धुर जग्गा विवाद । हुलाकी राजमार्गको सडक छेउ तथा कुर्था बजारको मुख्य ठाउँमा रहेको विद्यालय स्थानियहरुको भनाई अनुसार २०१५ सालमा स्थापना भई विधिवत रुपमा २०१७ सालदेखि पठन पाठन सुरु भएको हो ।


राजर्षी जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद यादवले विद्यालयको भोग चलनमा वर्र्षाैदेखि रहेको जग्गा वडाध्यक्ष रामेश्वर महासेठ परिवारले २०२७ साल चैत २७ गतेका दिन किर्ते लालपुर्जा बनाएको आरोप लगाए । उनले विद्यालयको ४ कोठे भवन समेत २०७५ सालको वैशाख पहिलो हप्तामा डोजर लगाएर रातारात तोडफोड गरेको बताए । विद्यालयको जग्गा किर्ते गरेको आरोपमा दुषित लालपुर्जा बदर गरि पाउँ भनी विद्यालयको तर्फबाट आफुले जिल्ला अदालत धनुषामा मुद्धा दायर गरेको बताए ।


कुर्थाका पूर्वप्रधान पञ्च रामफल पंडितले खाली सार्वजानिक जग्गामा पंचायत भवन, प्रहरी चौकी र स्कुल एक साथ सुरु भएको हो । यो पोखरी दनुवारको हो भन्दै २०२६ सालमा नापी कार्यालयको टोली आउँदा विद्यालयको नाममा नाप नक्सा भएको बताए ।

स्थानिय समाजसेवी भोगेन्द्र रायले आफनो बाजे परसुराम अमात्यले स्थानियहरुको सहयोगमा २०१७ सालमा विद्यालयका स्थापना गरेको बताए । पछिल्लो समयमा आएर महासेठ परिवारले तत्कालिन विद्यालयका प्रधानाध्यापक, तत्कालिन प्रधान पंच आफु भएको अनुकुल पारेर विद्यालयको जग्गाको लालपुर्जा किर्ते गरेको आरोप लगाए । विद्यालयको भोगचलनमा रहेको जग्गा विद्यालयको सम्पत्ति हो, यो सम्पत्ति बचाउन आफुहरु रगत र पसिना एक गर्ने बताए ।


वडा नं. २१ का वडा सदस्य महेन्द्र महतो र वैद्यनाथ पंडितले समेत परापूर्व कालदेखि विद्यालय रहेको जग्गा विद्यालयकै नाममा हुनुपर्ने माग गरेका छन् । विद्यालयको भवन वडाध्यक्ष रामेश्वर महासेठको निर्देशनमा भत्काउनु गैरकानुनी भएको भन्दै विद्यालयको भवन र जग्गा हाम्रो कर्तव्य र दायित्व भएको बताए ।

वडाध्यक्ष रामेश्वर महासेठले विद्यालय रहेको जग्गा हाम्रो संयुक्त परिवारको भएको बताए । उनले भने उनले भने विद्यालय हटाउने आफनो योजना नरहेको भन्दै विद्यालयको लागि छुटटै जग्गा आफुहरुले उपलब्ध गराउने बताए ।


जनकपुरधाम उप– महानगरपालिका–७ जानकीनगरस्थित श्री रामजानकी आधारभूत विद्यालयको जग्गामा वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहले आफुखुशी विद्यालयको जग्गा लिजको नाममा कब्जा गराउन खोजेको स्थानियहरुको आरोप छ । विद्यालयको भोगचलनमा रहेको साविकको कित्ता नं. ४३ को पोखरीसहितको २ बिघा १२ कठ्ठा १५ धुर जग्गा विद्यालयको नाममा सिफारिश गर्नु पर्ने स्थानियहरुको माग छ ।

विद्यालयको भाग चलनमा रहेको जग्गामा वडाध्यक्ष जानकी राम साहले योग शिविर स्थल, स्वास्थ्य चौकी, सार्वजानिक शौचालय निर्माण लगायतको विद्यालयको भोग चलनमा रहेको जग्गा अरु संघसंस्थालाई बेच्न खोजेको स्थानीयवासी दीपनारायण साहको आरोप छ । उनले विद्यालयको नाउमा रहेको जग्गामा छात्रावास निर्माण, पुस्तकालय, विद्यार्थीहरुको लागि खेलकुद गर्ने स्थल लगायतको भवन बन्नु पर्नेमा वडा अध्यक्ष साहले राजनीतिक स्वार्थ राख्दै व्यक्तिलाई खुशी पार्न र हजारौ विद्यार्थीको भविष्यसंग खेलवाड गरेको साहको आरोप छ ।


राम जानकी आधारभुत विद्यालयका प्रधानाध्यापक लटु साहले हजारौं विद्यार्थीहरुको भविष्यसंग जोडिएको विद्यालयको जग्गा अतिक्रमणको प्रयास गरिएकोले आफुहरु स्थानियवासिन्दाहरुको सहयोगमा विरोधमा उत्रेको बताए ।

वडाध्यक्ष जानकी राम साहले आफु वडाध्यक्ष हुनु पूर्व स्थानियहरुले नै योग शिविर संचालनका लागि जग्गा दिएको र पछिल्लो समयमा स्थानियहरुले जग्गा प्रयोग गरेवापत मासिक ५ सय विद्यालयलाई दिनुपर्ने सहमति गरेको बताए । तर योग शिविरले गरेको सहमतिअनुसारको हालसम्म विद्यालयलाई रकम दिएको छैन् ।

वडाध्यक्ष साहले केही विरोधी तत्वहरुले आफुलाई बदनाम गराउन मात्रै हल्ला गरेको बताए । उनले भने मैले विद्यालयलाई शिक्षा, स्वास्थ्यसंग जोडेर भौतिक संरचना निमार्णमा लागेकाले केहीले विरोध गरेको बताए । विद्यालयको जग्गा अतिक्रमण गर्ने र अरुलाई बेच्ने आफनो कुनै स्वार्थ नभएको बताए ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In