काठमाण्डौं, ०७८ पुस २६ गते । कोरोना भाइरसका संक्रमण दर तिव्र रुपमा बढेपछि नेपाल सरकारले सिसिएमसिको सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसको आधारमा शिक्षा मन्त्रालयमा पुस २६ गते भएको छलफलबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !