त्रिभुवन आदर्श माविमा साइकल वितरण गरियो

तनविर रेजा
०७६ पुस ७ गते ।
जनकपुरधाम उपमहानगरपालिकाको २३ बिन्धीस्थित “श्री त्रिभुवन आदर्श माध्यमिक विद्यालय“ मा साईकल वितरण गरिएको छ । साइकल वितरण कार्यक्रममा वृक्षारोपण समेत गरिएको छ ।
प्रदेश नं. २ सरकारद्वारा “बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत यस विद्यालयका कक्षा ९ र १० का दलित र मुस्लिम गरि २२ जना छात्राहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले साइकल वितरण गरेका हुन् ।


कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको उप मेयर रिता झा, विद्यालयका प्रधानाध्यापक देवेन्द्र कुमार यादव, वडा न. २३ को वडा अध्यक्ष शत्रुधन पाण्डेलगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थितिमा साइकल वितरण गर्नुको साथै वृक्षारोपण गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार