• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा शिक्षाको बेथिती

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ११, २०७६, ३:४९ PM
0
प्रदेश २ मा शिक्षाको बेथिती

एक स्कुल जहाँ टिफिनपछि पढाई नै हुदैन

लहान । सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित ठाडी विश्वासपट्टी आधारभुत विद्यालयमा शिक्षकहरु नियमित विद्यालय नआउँदा शिक्षणसिकाई अस्तव्यस्त बनेको छ । शिक्षकहरु न समयमा विद्यालय पुग्छन, न पुरा समयभरि विद्यालयमा बस्छन् । विद्यालयमा दिउँसो ४ बजेसम्म पठनपाठन हुनुपर्ने हो । तर २ बजेपछि यो विद्यालय पुग्दा कोही भेट्दैनन । शिक्षकहरु प्रायः टिफिनपछि घर जाने गरेका छन् ।
कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । तर शिक्षकको लापरबाहीले विद्यार्थीहरु पढ्न आउनै छाडेका छन् । नियमित रुपमा मात्र २० देखि ५० विद्यार्थी विद्यालय पुग्छन् । शिक्षकहरु भने चिसोका कारण विद्यार्थीहरु पढ्न नआएको बहाना बनाउँछन् ।
तर अभिभावकहरुले शिक्षकले आफैं विद्यालयमा पुरा समयनबस्ने गरेका र उपस्थित रहेका बेला पनि पठन पाठनमा ध्यान नदिँदा विद्यार्थीहरु विद्यालय जान छाडेको बताउँछन् । उक्त विद्यालयका छात्र–छात्राहरुले शिक्षक पुरा समय नपढाने गरेको गुनासो गरेका् । नाम नछापिदिने शर्तमा एक विद्यार्थीले भने, ।सरहरु, विद्यालय आएपनि गफ दिएर बस्नुहुन्छ । तर पढाउँदैन । प्रायः टिफिनको समयमा विदा दिनुहुन्छ ।’विद्यालयमा पुग्दा प्रधानाध्यापक रामचन्द्र साहले लापरबाहीबारे केहि बोल्न चाहेन् ।
तर शिक्षक सुनिल कर्णले कति पत्रकार आइसक्यो भन्दै जथाभावी बोलेर कमजोरी लुकाउने प्रयास गरे । उनले आफूहरु समयमै विद्यालय आउने गरेको दावी गरे । समय अगावै विद्यालयमा छुटी दिने गरेको विषयमा उनले मौषम खराबका कारण कहिले काही सबेरै छुटि दिने गरेको भन्दै पन्छिने प्रयास समेत गरे । गाउँपालिकाका शिक्षा शाखा संयोजक जीवछ यादव स्थानीय शिक्षक रहेका कारण लापरबाही गर्ने गरेको बताए ।शिक्षा समिति भएको भए स्थानीय तहभित्र अन्य विद्यालयमा सरुवा पनि गर्न सकिन्थ्यो’, उनले भने, ।तर अहिलेसम्म समिति नै बन्न सकेका छैन् ।’ गाउँका शिक्षकलाई सरुवा गरेपछि मात्र विद्यालय सुध्रिन सक्ने उनको भनाई छ ।
यता, गाउँपालिका अध्यक्ष बेचन यादबले पनि शिक्षकहरु लापरबाही गर्ने गरेको स्वीकारे । उनले त्यहाँका शिक्षकहरुको सरुवा गर्न जरुरी भएको पनि बताए । उनले दरबन्दी मिलान गर्न लागेको बताए । उनले स्थानीय शिक्षकहरु भएकाले सरुवाका लागि पहल गरेपनि शिक्षा समन्वय समितिले चासो नदेखाएको गुनासो पोखे । उनले लापरबाही गर्ने शिक्षकहरुलाई स्पष्टिकरण सोध्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In