
एजेन्सी
धनुषा, ०७६ फागुन ५ गते
भारतको चेन्नइको विलुपुरमा ८ बर्षिया बालिकालाई १६ ले बलात्कार गरेको रहस्यको खुलासा भएको छ । १६ जनाले बलात्कार गरेपछि मृत्यु भएकी ८ वर्षीया बालिकाको स्वास्थ्य परिक्षण गर्दा १६ जनाले बलात्कार गरेको रहस्य बाहिर आएको हो ।
पुलिस स्रोतका अनुसार बालिका केही दिनदेखि विरामी थिइन् । उनको पेट दुखेको र ज्वरो समेत लागेको बताएका छन् । ३ कक्षामा पढ्ने ती बालिका आमा, दिदी, सौतेनी पिता र सौतेनी दाजुसँग बस्ने गरेको थियो ।
गत बुधबार राती उनी शौचालय गएपछि फर्किइनन् । पछि आमाले छिमेकीको सहयोगमा ढोका फुटाएर हेर्दा उनी भित्र बेहोस अवस्थामा लडेकी थिइन् । अस्पताल लिएर गएकोमा त्यहाँ डाक्टरले बालिकालाई मृत घोषित गरिदिएका थिए । बालिकाको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै बालिकाको स्वास्थ्य परिक्षण गराउँदा यस्तो रहस्य बाहिर आएको हो । पुलिसले बालिकाको मृत्युको घटनामा आइपीसी धारा १७४ (शंकास्पद अवस्थामा मृत्यु) अन्तर्गत मुद्दा दर्ता गरेको छ । बलात्कार गर्नेमध्ये केही व्यक्ति आफन्त समेत रहेकाले घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।