जनकपुरमा नवजात शिशु मृत फेला


धनुषा, फागुन ११ गते ।
जनकपुरधाम उपमहानगरपालिका –१६ जलाद नदी नजिक पोखरीको किनारमा एक नवजात शिशु मृत अबस्थामा फागुन ११ गते फेला परेको छ । स्थानिय बालवालिका खेल्दै पोखरी किनारमा गएपछि मृत अवस्थामा नवजात शिशु (बालक) लाई देखेका छन् । मृत अवस्थामा देखिएको नवजात शिशुको शव पोस्टमार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाको प्रकृति हेर्दा राति नै जन्माएर फालेको हुन सक्ने रेल्वे स्टेशन प्रहरीको अनुमान छ । बच्चा कसैले जन्माएर फालेको हुनसक्ने स्थानीयहरुको भनाई छ । अवैध सम्बन्धबाट गर्भ बसेर वसेर बच्चा जन्माएर फालेको हुन सक्ने प्रहरीको भनाई रहेको छ । बच्चा जन्माएर फाल्ने आमाको खोजी भई रहेको छ । घटनाबारे थप अनुसन्धानमा प्रहरी खटेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार