• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

ताल जमेर बरफ बनेपछि

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन १४, २०७६, ७:५७ AM
0
ताल जमेर बरफ बनेपछि

धनुषा,०७६ फागुन १४ गते

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको भएकाले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ ।

तालको व्यवस्थापन कुछुप तेरेङ्गा गुम्बाले परापूर्वकालदेखि गर्दै आएको छ । तालमा विभिन्न जातका माछा छाडिएको छ, तालको सरसफाइ र माछाको हेरविचार गर्न र आहारा खुवाउने सबै गुम्बाले गर्ने गरेको गुम्बाका लामाकाजी थकालीले बताउनुभयो । यस तालमा कुछुप तेरेङ्गा गुम्बालाई चढाउने पवित्र जल भएका कारण तालमा फोहर गर्न मनाही गरिएको लामा थकालीले बताए । 

मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्रायः पर्यटक ढुम्बा ताल घुम्न आउने गरेको वडा नं ५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए । पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि पाँच किलोमिटर पश्चिममा पर्ने ढुम्बा ताल दुई वर्षयता चर्चामा आउन थालेको थकालीले बताए ।

समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १५० मिटर र चौडाइ १०० मिटर छ । तालमा गएर पूर्वको नीलगिरि र पश्चिमको धौलागिरि हिमाल यस स्थानबाट देखिन्छ ।
 
नीलो रङमा देखिने यो ताल हिजोआज जमेको छ । जमेको तालमा युवा तस्बिर खिचाउन जान थालेका छन् । पछिल्लो समय जमेको ताल हेर्ने आउने पर्यटकको सङ्ख्या बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख तुलसी दाहालले बताए । जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बा ताल पुग्न सजिलै सकिने दाहालले बताए ।
  
ढुम्बा तालको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यलाई जोगाउन संरक्षण, प्रवद्र्धन तथा सुन्दरताका लागि गण्डकी प्रदेश सरकारमार्फत यसै आवमा रु २५ लाख बजेट विनियोजन गरिएको गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए । आगामी दिनमा तालमा बजेट विनियोजन गर्दै जाने सांसद गौचनले जानकारी दिए ।

पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाङ्कन हुन थालेपछि र सामाजिक सञ्जालमा तालको सुन्दरताको तस्बिर राख्न थालेपछि तालमा घुइँचो लाग्न थालेको छ । साभार: झिल्को डटकम

सम्बन्धित समाचार

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान
बिचित्र संसार

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान

२०७९/०१/३०
कागजमा प्रतिवन्धित आरकेष्ट्रा,प्रहरी सुरक्षा घेरामै नचाउदै
बिचित्र संसार

कागजमा प्रतिवन्धित आरकेष्ट्रा,प्रहरी सुरक्षा घेरामै नचाउदै

२०७८/०६/०१
५६ वर्षका बलिउड अभिनेता आमिर खान ४७ वर्षीया श्रीमतीसंग गरे सम्बन्धविच्छेद
अन्तर्राष्ट्रिय

५६ वर्षका बलिउड अभिनेता आमिर खान ४७ वर्षीया श्रीमतीसंग गरे सम्बन्धविच्छेद

२०७८/०३/१९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In