दाइजोमा फ्रिज नदिएको भन्दै धनुषामा ज्वाँइले श्रीमतीको हत्या माइती पक्षको दावि

धनुुषा । ०७६ मङ्सिर २७ गते ।
धनुषाको क्षिरेश्वरनाथ नपा ५ महेन्द्रगर बस्ने नविन किशोर साहले आफनै श्रीमती २० वर्षीया ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । मृतक ज्योती साहको वुवा जउनपा २२ कुर्था बस्ने सुरेन्द्र नायकले छोरीको विवाहमा फ्रिज नदिएको भन्दै पटक पटक छोरीलाई कुटपिट गर्दै ज्वाई नविनकिशोर साहले हत्या गरेको आरोप लगाउनुभएको छ ।
वि.स.२०७५ फागुन १९ गते क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने राजकिशोर साहका छोरा २८ वर्षका नविन किशोर साह र जउनपा २२ कुर्था बस्ने सुरेन्द्र नायकको २० वर्षीय छोरीसँग १७ लाख दाइजो दिएर समाजिक परम्परा अनुसार विवाह भएको थियो । एकवर्ष नवित्दै नवविवाहिता छोरी ज्योतीको शंकास्पद मृत्यु भएपछि बुबा सुरेन्द्र नायकले दाईजोको निहुँमा छोरीको हत्या गरेको आरोप लगाउनुभएको छ ।
माइतीपक्षले दाईजोमा फ्रिज नदिँदा छोरीको हत्या गरेको आरोप लगाउनुभएको छ । विवाहमा नगद १० लाख रुपैयाँ, साढे ९ तोला सुन, फर्निचर लगायत १७ लाख रुपैयाँ बराबर दाईजो दिएको वुवा सुरेन्द्र नायकले बताउनुभएको छ । विवाहमा ज्वाइँले फ्रिज लगायतका समान माग्दै ज्योतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको वुवाले बताउनुभएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दाहालका अनुसार मङ्सिर २५ गते सवाँ ४ बजे घटनाबारे जानकारी पाएर घटनास्थल पुग्दा घाँटीमा सल बेरिएको थियो । परिवारजनले ज्योती पासो लागेर आत्महत्या गरेको दावि गर्दै आएको छ । घटनाबारे विस्तृत रुपमा अनुसन्धान हुदै आएको छ ।
मृतक साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिनुभएको छ । पोस्टमार्टम गरि लास मृतकका ससुरा राजकिशोर साहलाई जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा मङ्सिर २६ गते मृतकका वुवा सुरेन्द्र साह किटानी जाहेरी दिन जाँदै गर्दाको दृश्य


यता, मृतकका वुवा सुरेन्द्र नायकले छोरीको दाइजोको कारणले पति र ससुरालगायतका परिवारका सदस्यहरु मिलेर घाँटी थिचेर हत्या गरेको दावी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा मङ्सिर २६ गते जाहेरी दिन गएको भएपनि प्रहरीले पोस्टमार्टमको रिर्पोट नआउनुजेल जाहेरी दर्ता नलिने भन्दै फर्काएपछि मङ्सिर २७ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दर्ता गराउन आएको इलाका प्रहरी कार्यालयबाट मृतकका वुवा सुरेन्द्र नायकले जानकारी दिनुभएको छ ।

मृतकका वुवा सुरेन्द्र नायकका अनुसार २०७६ बैशाख महिनामा छोरी गर्भवती हुँदा उनको जनकपुरको एक निजी क्लिनिकमा ल्याएर ज्वाँइले जवरजस्ती गर्भपतन गर्न लगाएर पटक पटक शारिरिक र मानसिक रुपमा यातना दिदै आएको बताउनुभएको छ ।
घटनाबारे धनुषाका डिएसपी रामेश्वर कार्कीले शंकास्पद रहेको बताउँदै पोस्टमार्टम रिर्पोट कुरिरहेको बताउनुभएको छ । मृतकका पति र सासु,ससुरालाई निगरानीमा राखेको भन्दै पोस्टमार्टमको रिपोर्टको आधारमा कारवाही प्रक्रिया अगाडी बढाउने डिएसपी कार्कीले बताउनुभएको छ ।
मृतकका पति नविन किशोर साह स्थानीय एक सामुदायिक विद्यालयका शिक्षक हुन् भने मृतक साहका ससुरा राजकिशोर साहसमते रामेछापमा सामुदायिक विद्यालयकै शिक्षक रहेका हुन् ।
दिपेन्द्रप्रसाद सिंह


धेरै पढिएको

ताजा समाचार