• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

भुकम्प गएको ३६ घण्टासम्म भाइको टाउकोमाथि आफ्नो पाखुरा राखेर सुरक्षा दिएकी म्यारियम

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
माघ २६, २०७९, ४:२० PM
0
भुकम्प गएको ३६ घण्टासम्म भाइको टाउकोमाथि आफ्नो पाखुरा राखेर सुरक्षा दिएकी म्यारियम

सिरिया,०७९ माघ २६ गते । उत्तर सिरियामा भूकम्पले भत्किएको घरको भग्नावशेषमा पुरिएका दिदि र भाइको ३६ घण्टापछि उद्धार गरिएको छ। दिदी म्यारियमले भाइको टाउकोमाथि आफ्नो पाखुरा राखेर उनलाई भग्नावशेषबाट जोगाएको भिडियो सार्वजनिक भएको छ। घरको भग्नावशेषमा मुस्किलले हलचल गर्न मिल्ने स्थिति रहे पनि भाइ इलाफको अनुहार र टाउको जोगाउन आफ्नो हात चलाउन सक्ने स्थितिमा दिदी म्यारियम थिइन्। ‘मलाई यहाँबाट निकाल्नू न। म तपाईंका लागि जे पनि गर्न तयार छु,’ दिदी म्यारियमले उद्धारकर्तालाई भनेकी थिइन्।


भिडियोमा उत्तर सिरियाको हरम प्रान्तको वेस्नाया सेच गाउँको एक घरमा दुई बालबालिका भग्नावेशले च्यापिएको देखिन्छ। ‘म तपाईंको नोकर हुनेछु,’ म्यारियमले भनेकी थिइन्। प्रत्युत्तरमा उद्धारकर्मीले ‘नो, नो’ भनेको भिडियो सामाजिक संजालमा भाइरल भई रहेको छ ।


ती बालबालिकाका पिता मुस्ताफा जुहिर एल सयदका अनुसार इस्लामिक नाम इलाफको अर्थ सुरक्षा हो। सयदका अनुसार सोमबार सबेरै पत्नीसहित ३ बालबालिका सुतिरहेका अवस्थामा शक्तिशाली भूकम्प गएको थियो। उक्त स्थानमा विगत एक शताब्दीकै सबैभन्दा ठुलो भूकम्प गएको थियो। ‘हामीले पुरै जमिन हल्लेको अनुभव ग¥यौं। घर भत्केपछि भग्नावशेष हाम्रो टाउकोमाथि झरेको थियो। हामी दुई दिनसम्म भग्नावशेषभित्र बस्यौं,’ उनले भने, ‘हामी त्यस्तो अवस्थामा थियौं, म आशा गर्छु, त्यस्तो कसैलाई नहोस।’


भग्नावशेषमा पुरिएको अवस्थामा उनको परिवारका सदस्यले कुरान पाठ गरिरहेका थिए। अरूले सुन्न सकुन् भनेर उनीहरूले चर्काे आवाजमा प्रार्थना गरिरहेका थिए। ‘मानिसहरूले हामीलाई सुनेछन् र म, मेरी पत्नी र हाम्रा बालबालिकाको उद्धार भयो। हामी सबै जीवित रहन पाएकोमा भगवान्लाई म धन्यवाद दिन चाहन्छु। हामीलाई उद्धार गर्नेलाई पनि म धन्यवाद दिन्छु,’ सयदले भने।


म्यारियम र उनका भाइ इलाफलाई कम्बलमा बेरेर बाहिर निकालिएको दृश्य भिडियोमा देख्न सकिन्छ। उनीहरूलाई निकाल्दा उपस्थित सबैले जयजयकार गरेका थिए। उनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल पु¥याइएको थियो। सयदका अनुसार उनको घर विद्रोहीले कब्जा गरेको उत्तरी सिरियामा पर्छ। उनको क्षेत्रमा कम्तीमा १२ सय २० जनाको मृत्यु भैसकेको छ।

सिरियन सिभिल डेभेन्स’ नामक मानवीय सहायता समूहका अनुसार मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने देखिएको छ। सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार सिरियामा हालसम्म २५ सयको मृत्य भैसकेको छ। यसमध्ये आधा सरकारी नियन्त्रणमा रहेको क्षेत्रका हुन्। टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।


संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पअगाडि सिरियाका ७० प्रतिशत जनतालाई मानवीय सहयोगको आवश्यकता थियो। ‘भूकम्पको यो संकटले पहिला नै जोखिममा रहेका परिवारलाई नराम्ररी प्रभावित पारेको छ,’ सिरिया र टर्कीका लागि संयुक्त राष्ट्रसंघको आवासीय कार्यालयले भनेको छ। संयुक्त राष्ट्रसंघले तत्कालका लागि खाद्यवस्तु, आवास, गैरखाद्य सामाग्री तथा औषधि जस्ता सामग्रीहरूको आपूर्तिमा जोड दिएको छ।

सम्बन्धित समाचार

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु

२०७९/०९/०५
पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती

२०७९/०७/१७
अफगानीस्तानमा अमेरिकाले सेनाले ड्रोनद्वारा आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

अफगानीस्तानमा अमेरिकाले सेनाले ड्रोनद्वारा आक्रमण गर्दै

२०७८/०५/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In