• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पेट भर्न देह ब्यापार गर्न बाध्य

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २७, २०७६, २:५९ PM
0
पेट भर्न देह ब्यापार गर्न बाध्य

धनुषा, ०७६ माघ २७

एजेन्सी : दक्षिण अफ्रिकी मुलुकमा युवतीहरु आफ्नो पेट भर्नका लागि देह बेच्न बाध्य छन्। कयौँ पटक त देह बेच्दा पनि पेटभरि खाना किन्न नसकिने अवस्था छ। खासगरी भोकमरी लागेको क्षेत्रमा यस्तो अवस्था सिर्जना भएको छ।

अंगोलामा त १२ वर्षकी बालिकासमेतले आफ्नो पेटको भोक शान्त पार्नका लागि शरीर बेचिरहेको पाइएको छ। उनको जिम्मेवारी परिवारका अन्य चारजनाको पेट भर्नु रहेका कारण उनले त्यसो गर्नु परेको वल्र्ड भिजन नामक संस्थाको सर्भेले देखाएको छ। संस्थाले पछिल्लो चार दशकमा सबैभन्दा बढी भोकमरीग्रस्त अंगोलाको दक्षिणी भेगका बालबालिका तथा महिलाले ५० रुपैयाँमै शरीर बेचिरहनु परेको जनाएको छ।

चार दशकयता अंगोलाको दक्षिणी भेगले ठूलो मरुभूमिकरण तथा सुख्खाग्रस्त क्षेत्रका रुपमा सरकारले घोषणा नै गरेको छ। अफ्रिकाका दक्षिणी भेगका साढे चार करोड मानिसले पर्याप्त खान्की पाइरहेका छैनन्। सुख्खाग्रस्त क्षेत्र, बाढी र आर्थिक अव्यवस्थाका कारण ‘मौन विपद’को अवस्था झन्झन् गहिरिँदै गएको संस्थाको भनाइ छ।

अत्यधिक निराशाका बीच अंगोला र जिम्बाबोमा पेट भर्नकै लागि शरीर बेच्ने बालिका तथा किशोरीहरुको संख्या आश्चर्यजनक तरिकाले बढिरहेको र शरीर बेच्ने विकल्प कतै नदेखिएको भनी मानव अधिकारवादीहरुले आवाज उठाउन थालेका हुन्।

कुनै बालिकाले एकपटक शरीर बेचेको ५०० क्वान्जा अर्थात् सय रुपैयाँ पाउने गर्छे। यतिमा एक किलो दाल या दुई किलो मकै किन्न सकिन्छ। तर कयौँ पटक उनीहरुले ५० रुपैयाँ पनि पाउँदैनन्।

यसरी खानकै लागि शरीर बेच्ने किशोरी तथा बालबालिकाको संख्या कति बढेको यकिन तथ्याङ्क भने आइसकेको छैन किनभने कसैले पनि खुलेर आफू खानाका लागि संघर्ष गरिरहेको र शरीर बेचिरहेको बताउन चाहँदैनन्। र, मानव अधिकारवादीहरु १२ देखि १७ वर्षका युवतीहरु यस कार्यमा सक्रिय हुन थालेकामा चिन्तित छन्।

एक वर्षयता खाद्यान्न सामग्रीहरुको मूल्य लगभग दुई गुणाले बढेको छ। खाद्यान्नको नयाँ फसल आउँदो जुन महिनामा मात्र आउँछ। त्यतिञ्जेल भोकमरी ग्रस्त क्षेत्रका मानिसहरु कसरी बाँच्छन्, यसै भन्न सकिन्न।

जिम्बाबेमा पनि अंगोलाको भन्दा अवस्था फरक छैन। १४ वर्षसम्मका बालिकाहरु बाँच्नकै लागि शरीर बेचिरहेका छन्। दक्षिण अफ्रिका जाने बाटोमा लाइनै आफ्नो शरीर पस्किनका लागि तयार छन् उनीहरु। त्यस्तै सुनको खानी भएका क्षेत्रमा शारीरिक भोक बोकेकाहरुबाट पेटको भोक शान्त पार्न खोजिरहेकाहरु खुल्लमखुल्ला देखिन्छन्। केयर नामक संस्थाका क्षेत्रीय लैंगिक विशेषज्ञ एभरजोय माहुकुले गरेको एउटा अध्ययनले एक पटक शरीर बेचेको ३१ रुपैयाँ बराबर पैसा पाउने गर्छन्। यसले एक पटकका लागि भरपेट खाने पैसा पनि जम्मा नहुने टीठलाग्दो अवस्था देखाउँछ।

त्यस्तै मोजाम्बिक र मालावीमा पनि अवस्था पनि गतिलो छैन। अफ्रिकाको दक्षिणी भेगमा १९८१ यता मज्जाले वर्षा भएको छैन। जसै वर्षा कम हुन थाल्यो, त्यसले पनि खेतिपातीमा ठूलो असर पारेको छ। अझ पछिल्लो समय त जलवायु परिवर्तनका कारणले बढ्दो तापक्रमका कारण अझ समस्या थपिएको छ। जलवायु परिवर्तनले जाम्बिया, मेडागास्कर, नामिबिया, लेसोथो र एस्वातिनीजस्ता मुलुकलाई पनि असर गरेका छन्।

राहत कर्ममा खटिएकाहरु परिवारकै पेट पाल्नका लागि बालिका तथा युवतीहरुले पढाइलाई बीचैमा छाड्नु चिन्ताजनक रहेको बताइरहेका छन्। संकटका कारण बलात्कार र बालविवाहजस्ता समस्या थपिएका छन्। पानी लिनका लागि टाढा जानुपर्ने र जंगलमा काम गर्नुपर्ने अवस्थामा उनीहरु बलात्कृत हुने क्रम बढेर गएको विभिन्न तथ्यांकहरुले देखाएका छन्।

यस्तो समस्या सामना गरिरहेका परिवारले बालिकाहरुलाई चाँडै विवाह गरिदिएको खण्डमा परिवारमा खाने मानिस कम हुन्छन् भन्ने सोचिरहेका हुन्छन्। तसर्थ, बालविवाहको समस्या यतिबेला थपिएको विज्ञहरु बताउँछन्। कतिपय बालिकाहरुलाई देह व्यापारमा जानबाट रोक्नका लागि पनि अभिभावकहरुले चाँडै बिहे गरिदिने गरेको समेत खुलासा हुन थालेको छ। पछिल्लो समय जिम्बाबे, जाम्बिया, लेसोथो र नामिबियामा बालविवाहको क्रम ह्वात्तै बढेको छ।

संसारकै ठूलो देह बजार
इन्डोनेसियामा देहव्यापार गैरकानुनी छ। नैतिक अपराध मानिने भए पनि यहाँ देहव्यापार निकै संगठित छ। देह व्यापारमा जोडिएका ३० प्रतिशत नाबालिग छन्। यहाँको देह व्यापारबाट हुने आम्दानी २.२५ अर्ब डलर रहेको अनुमान छ। त्यस्तै ३.५ अर्ब डलरको देह व्यापार स्विट्जरल्यान्डमा हुने गर्छ। ‘सेक्स रुम’ भनिने देह व्यापारका अड्डालाई सरकारले आर्थिक सहयोगसमेत गर्ने गर्छ। प्रायः यस्ता केन्द्र शहरबाहिर हुन्छन्। जुरिच शहरले देहव्यापारलाई शहरबाहिर राख्न २६ लाख डलर सहयोग गरेको थियो।

देह व्यापारबाट कमाउने टप १० मुलुकमध्ये टर्की एक हो। यसले वार्षिक ४ अर्ब डलर बराबरको व्यापार गर्ने गर्छ। यहाँ देह व्यापार प्रतिबन्धित छ। नवौँ नम्बरमा फिलिपिन्स पर्छ। यहाँ ६ अर्ब बराबरको कारोबार हुने गर्छ। यहाँ देहव्यापार गैरकानुनी छ। सेक्स टुरिजमका लागि यो ठाउँ प्रख्यात छ।

देह व्यापारबाट आम्दानी गर्नेमा आठौँ नम्बरमा पर्छ, थाइल्यान्ड। यसले वार्षिक ६.४ अर्ब डलर कारोबार गर्छ। कुनै खास ठाउँमा देह व्यापार गर्न यहाँ छूट छ। स्थानीय अधिकारीले यौनकर्मीको अधिकार रक्षा गर्ने गर्छन्। भियतनाम युद्धपछि थाइल्यान्डमा सेक्स टुरिजमका लागि ख्याति कमाएको थियो।

देह व्यापारमा भारतको आम्दानी सातौँ नम्बरमा छ। यहाँ वार्षिक ८.४ अर्ब डलरको व्यापार हुन्छ। ठूलो व्यापार भएकाले दक्षिण एसियाली युवतीहरु देह व्यापारका लागि त्यहाँ पुग्ने मात्र होइन, हिजोआज त युरोपबाट समेत पुग्ने गरेका छन्।

दक्षिण कोरिया देह व्यापारको मामिलामा छैटौँ नम्बरमा पर्छ। १२ अर्ब डलर वार्षिक व्यापार हुने गरेको छ। यहाँ देह व्यापार गैरकानुनी भए पनि वार्षिक जिडिपीको १.६ प्रतिशत देह व्यापारबाट आउने गरेको छ। एक रिपोर्टअनुसार कोरियाका २० देखि ६४ वर्षका २० प्रतिशत पुरुष प्रति महिना देह व्यापारका लागि ५८० डलर खर्च गर्ने गर्छन्।

देह व्यापारको मामिलामा अमेरिका पाँचौँ नम्बरमा पर्छ। १४.६ अर्ब डलर यसको वार्षिक आम्दानी छ। देह व्यापार कानुनी भए पनि नेवाडाजस्ता केही राज्यमा यसलाई गैरकानुनी मानिन्छ। देह व्यापार गर्नका लागि इच्छुक व्यक्तिले निवेदन दिन्छन्। देह व्यापार गर्नेहरुको सुरक्षा, न्यूनतम मजदुरी, बीमा, मेडिकल जाँचजस्ता कुरामा ध्यान दिइन्छ।

देह व्यापारको आम्दानीमा जर्मनी चौथो नम्बरमा छ। जर्मनीमा ४० हजार बढी सेक्स वर्कर छन्। यहाँ यसलाई कानुनी मान्यता दिइएको छ। यौनकर्मीले कर तिर्ने हुनाले अन्य पेशामा पाइने सामाजिक सुरक्षा देह व्यापारीले पनि पाउँछन्। तर कसैलाई जबरजस्ती देह व्यापारमा लगाउनु र कसैको अवस्थामाथि फाइदा उठाउनुलाई अपराध मानिन्छ।

व्यापारको मामिलामा जापान तेस्रो नम्बरमा पर्छ। यहाँका यौनालयले वार्षिक रुपमा २४ अर्ब डलर आम्दानी गर्छन्। सन् १९५६ एन्टी प्रोस्टिच्युसन एक्ट बने पनि कानुनी कमजोरीका कारण यहाँको देह व्यापार बढेको छ।

सेक्सबाट आम्दानी गर्नेमा स्पेन दोस्रो ठूलो देश हो। यहाँका ३९ प्रतिशत पुरुषले कुनै न कुनै बेला एक पटक यौनकर्मीसँग सम्बन्ध राखेका हुन्छन्। २००९ मा स्पेनको स्वास्थ्य मन्त्रालयले गरेको सर्भेले ३२ प्रतिशत पुरुषहरुले नेदरल्यान्ड र बेलायती पुरुषको तुलनामा १४ प्रतिशत बढी यौनालय धाउने स्वीकारेका थिए।

संसारमै यौनको धन्दाबाट बढी कमाउने देश चीन हो। ७३ अर्ब डलरको देह व्यापार यहाँ हुने गर्छ। यहाँ देह व्यापार गैरकानुनी छ। चीन सरकारले यौनकर्मीलाई अपराधी नै घोषित गर्ने गर्छ। बेलामौकामा छापा मारेर मसाज पार्लर, बार र नाइट क्लबबाट युवतीलाई पक्राउ गर्ने गर्छ तर पनि हरेक वर्ष यौनबाट हुने आम्दानी बढिरहेको छ।
-ईशा भाटिया,डिडब्लु आलेख/शुक्रबारबाट

सम्बन्धित समाचार

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु

२०७९/०९/०५
पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती

२०७९/०७/१७
मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान
बिचित्र संसार

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान

२०७९/०१/३०

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In