• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नेपालीलाई भारत प्रवेशमा रोक नलगाउने भारत सरकारको घोषणा !

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र ३, २०७६, ४:०१ PM
0
नेपालीलाई भारत प्रवेशमा रोक नलगाउने भारत सरकारको घोषणा !

India's Prime Minister Narendra Modi holds up his hands in a "namaste", an Indian gesture of greeting, as he arrives at Heathrow Airport for a three-day official visit, in London, November 12, 2015. REUTERS/Jonathan Brady/Pool TPX IMAGES OF THE DAY - GF20000056654

नयाँदिल्ली — कोभिड–१९ को संक्रमण विस्तारसँगै भारतले शुक्रबारबाट लागू हुने गरी विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । त्यस्तो रोक भिसा लिनुपर्ने मुलुकहरूका लागि मात्र भएकाले नेपालीले आउजाउ गर्न पाउनेछन् ।

भारतीय उच्च अधिकारीहरूको बुधबारको बैठकले शुक्रबार १२ बजेबाट लागू हुने गरी भिसा लिनुपर्ने मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । नेपाल र भुटानका नागरिकले भारत पस्न भिसा लिनुपर्दैन । भारतले तेस्रो मुलुकका नागरिकलाई हवाई मार्ग हुँदै आउन रोक लगाएको हो । कोभिड–१९ संक्रमणको शंका लाग्यो भने हवाई मार्ग हुँदै भारत आउने नेपालीले १४ दिन क्वारेन्टाइनमा बस्नैपर्छ ।

भारतले कोभिड–१९ संक्रमणको जोखिम घटाउन स्थल मार्गका प्रवेशबिन्दुहरूमा पनि कडाइ गरेको छ । नेपालतर्फ पनि पर्याप्त स्वास्थ्य परीक्षण सुविधासहित केही ठूला नाका मात्र सञ्चालन गर्ने तयारी छ । अन्य साना नाका बन्द गरिए रोजगारीलगायतका प्रयोजनका लागि भारत आउने नेपाली प्रभावित हुनेछन् । यसले तराईका ग्रामीण भेगका बासिन्दालाई ज्यादा असर पार्नेछ ।

नेपाल–भारतबीचको १७५१ किलोमिटर खुला सीमामा औपचारिक रूपमा करिब दुई दर्जन नाका चलेका छन् । तीमध्ये पाँच प्रमुख नाका हुन् । दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले नाकामा स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै किसिमको अवरोध नभएको बताए ।

‘नेपाल र भारतका सम्बन्धमा अहिले जे व्यवस्था छ, त्यही निरन्तर छ कुनै अवरोध छैन,’ उनले भने । उनले दूतावासले भारतको पछिल्लो अवस्था र त्यसले पार्न सक्ने असरलाई अध्ययन गरिरहेको बताए ।

काठमाडौंस्थित भारतीय दूतावासले पनि पछिल्लो निर्णयबाट हवाई तथा स्थलमार्ग हुँदै भारततर्फ यात्रा गर्ने नेपालीलाई असर नपर्ने जनाएको छ । दूतावासले जारी गरेको सूचनामा नाकामा स्वास्थ्य परीक्षणका क्रममा भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिए वा चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनीमध्ये कुनै एक मुलुकको १५ फेब्रुअरीपछि भ्रमण गरेको पाइए क्वारेन्टाइनमा राख्न सकिने उल्लेख छ । भारतले म्यानमारसँगको सीमा भने मंगलबारबाटै बन्दगरिसकेको छ ।

भारतको दिल्ली राज्य सरकारले संक्रमणको जोखिम घटाउन आगामी ३१ मार्चसम्म सबै विद्यालय, कलेज र सिनेमा हल बन्द गर्न निर्देशन दिएको छ । हालसम्म दिल्लीमा ६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । भारतभरमा भने ७३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १७ जना विदेशी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूको विदेश भ्रमणमा रोक लगाइएको जनाएका छन् ।

मोदीले ट्वीट गर्दै नागरिकलाई पनि अत्यावश्यक काममा बाहेक यात्रा नगर्न अनुरोध गरेका छन् । कोभिड–१९ महामारीको चपेटामा सबैभन्दा बढी भारतीय अर्थतन्त्रमा परेको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको भोलिपल्ट भारतको सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट देखिएको छ । भारतको प्रमुख बजार बम्बे स्टक एक्सचेन्जको प्रमुख परिसूचक सेन्सेक्स बिहीबार ८.१८ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दो भाउ र कोभिड–१९ को विश्वव्यापी संक्रमणलाई सेयर बजार घट्नुको प्रमुख कारण ठानिएको छ ।

कोभिड–१९ संक्रमणको असर पर्यटन क्षेत्रमा पनि बढी देखिएको छ । हवाई कम्पनीहरूले अन्तर्राष्ट्रियदेखि घरेलु उडानमा कटौती गर्दै लगेका छन् । भारतमा मार्च र अप्रिल पर्यटकीय समयका रूपमा चिनिन्छन् । भारतमा वर्षभरि आउने पर्यटकमध्ये १५ प्रतिशतभन्दा बढी यी दुई महिना मात्र भित्रिन्छन् । भारतमा काम गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी होटल, रेस्टुराँ र कारखानामा काम गर्छन् । सुदूर र मध्यपश्चिम पहाडबाट भारत आएका नेपालीमध्ये अधिकांश होटल र रेस्टुराँमै काम गर्छन् । भारतले चिनियाँ पर्यटकको आवागमनमा रोक लगाएकाले उनीहरूलाई लक्ष्य गरी खोलिएका रेस्टुराँ र होटललाई ठूलो असर परेको छ । ती रेस्टुराँ तथा होटलमा पनि नेपाली कार्यरत छन् ।

कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएसँगै संक्रमणविरुद्ध जुध्न भारत सरकारले १ सय २३ वर्ष पुरानो कानुन लागू गरेको छ । सन् १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड २ को व्यवस्था लागू गर्ने निर्णय गरिएको हो ।

सम्बन्धित समाचार

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु

२०७९/०९/०५
पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्रि इमरान खानको ज्यान खतरामा, सुरक्षा चुनौती

२०७९/०७/१७
अफगानीस्तानमा अमेरिकाले सेनाले ड्रोनद्वारा आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

अफगानीस्तानमा अमेरिकाले सेनाले ड्रोनद्वारा आक्रमण गर्दै

२०७८/०५/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In