• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

दुई महिना विद्यालय र कलेज खुल्दैनन् : शिक्षामन्त्री पोखरेल

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ३१, २०७७, १:५६ PM
0
दुई महिना विद्यालय र कलेज खुल्दैनन् : शिक्षामन्त्री पोखरेल

काठमाडौं, ०७७ जेठ ३१ गते ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईईको नतिजा प्रकाशित गर्न केही समय लाग्ने बताएका छन् । उनले यसका लागि प्रक्रिया मिलाएर जानुपर्ने भएकाले समय लाग्ने बताएका छन् । उनले कक्षा ११ र १२ को भने परीक्षा लिनैपर्ने हुने बताए । पोखरेलसँग यीनै विषयमा रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः

एसईईको जाँच नहुने भएपछि विद्यार्थीहरुको मूल्यांकन कसरी गर्नुहुन्छ ?
विश्वस्तरीय महामारीको संक्रमण नेपालमा पनि बढ्दै गएको छ । अहिले तीन हजारभन्दामाथि स्कुलहरु क्वारेन्टाइनमा बदलिएका छन् । चैतमा गर्न ठिक्क पारिएको एसईई परीक्षा सुरक्षाको चुतौति र संक्रमण फैलिने डरले रोकिएको हो । अहिले परिस्थिति अझ जटिल बन्दै गएकोमा त्यसको विश्लेषण गरेर फेरि पनि एसईई गर्न सकिँदैन । त्यसकारण अन्य बाटो खोजौं भनेर स्कुलले गरेको मूल्यांकनलाई आधार मानेर ंराष्ट्रिय परीक्षण बोर्डले एउटा कार्यविधि बनाउँदैछ । त्यही कार्यविधिको आधारमा मूल्यांकन हुन्छ । हामीले कक्षा १० र १२ को परीक्षा गर्नुपर्नेथियो । मन्त्रिपरिषद्ले निर्णय गरेपछि राजपत्रमा छापिन्छ । त्यो छापिएपछि यता कार्यविधि बन्छ । विगतमा विद्यार्थीहरुले जुन किसिमले सक्षमता देखाएका छन् त्यसको आधारमा मूल्यांकन गरेर राष्ट्रिय परीक्षण बोर्डले प्रमाणपत्र दिने काम हुन्छ ।

विज्ञहरुले त अब एसईई सदाको लागि खारेज हुनुपर्छ भनेका छन्, तपाईंहरु के गर्नुहुन्छ ?
यसको सुरुआत १९९० सालदेखि सुरु भएकोले यसको इतिहास लामो छ । दोस्रो अहिले पनि प्रहरी, सेना र सरकारी सेवामा जाँदा श्रमबजारमा कामसँग पनि गाँसिएको छ । अहिलेसम्म यो प्रमाणपत्रलाई लोकसेवाले पनि मान्यता दिइरहेकोलगायतका धेरै पक्षहरु छन् । त्यसमा पनि ध्यान दिनुपर्छ । तपाईले भनेजस्तै विज्ञहरुले भनेका कुरालाई पनि हामीले लिएका छौं । अहिलेलाई विद्यार्थीहरुको मनोभावना र अभिभावको चिन्तालाई दृष्टिगत गरी यो निर्णय गरिएको छ । हामी संघीय शिक्षा ऐनको प्रक्रियामा छौं । अब मन्त्रिपरिषद्को निर्यायलाई लिएर त्यसको मस्यौदालाई अर्थले सहमति गरिसकेपछि अहिले कानुन मन्त्रालयमा पुगेको छ । अब ऐन बनिसकेपछि अहिले आएका विषयहरुलाई सकारात्मक ढंगले लिन्छौं ।

अब एसईईको प्रणाली नै खारेजी गर्नुपर्छ भनेर जनता, विद्यार्थी र शिक्षाविद्हरुको पनि माग छ नि ?
यो विषयमा निर्णय गर्न विभिन्न पक्षमा अझै छलफल पुगेको छैन । त्यसको लागि व्यापक रुपमा छलफल गर्नुपर्छ, तीनतहको सरकार छ । विगतमा गरिएका निर्णहरु पनि छन् । त्यसैले यसलाई विद्यालयलाई नै दिने कि भन्ने पछि छ । अहिले नै खारेज भन्ने पनि होइन । अब यसलाई व्यापक छलफल गरेर सहमतिमा टुंग्याउनुपर्छ ।

तपाईहरुले एसईईको नतिजा असारमै सार्वजनिक गर्ने भन्नुभएको छ, कसरी गर्नुहुन्छ ?
अहिलेसम्म तिथिमितिमा जाने चलन छ । सकेसम्म हाम्रो प्राथमिकता चाहीं एक महिनाभित्र सकौं भन्ने हाम्रो मन्त्रालयको गृहकार्य हो । पहिलो राजपत्रमा छापिनुप¥यो । त्यसपछि यसको कार्यविधि बन्नुपर्यो । स्कूलहरुले मूल्यांकन गरेर पठाउनुपर्यो । शिक्षा विकास समन्वय इकाईले त्यसलाई राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्यो । त्यसैले म दिनमा भन्न सक्दिँन । मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले जतिसक्दो चाँडो गर्ने दिशामा जान्छौं ।

त्यसोभए विद्यालयले पठाएको विद्यार्थीको पढाइलाई नै मूल्यांकन गर्नुहुन्छ ?
पाठ्यक्रमले एउटा सक्षमताको मापन गर्ने छ । उसको सक्षमता कति छ भनेर मापन गर्ने कुरा त्यही नै हो । अहिले असामान्य परिस्थिति भएकाले असामान्य ढंगले निर्णय गरिएको हो । यसलाई विशिष्ट परिस्थितिको कारणले गरिएको भनेर लिनुपर्छ । यसमा पनि समस्या नभएको होइन । अहिले अर्को कुनै विकल्प नभएर गरिएको निर्णय हो ।

अब एसईईको बारेमा त तपाईंहरुले निर्णय गर्नुभयो तर ११, १२ र अन्य विश्वविद्यालयको बारेमा कसरी अगाडि बढ्नुहुन्छ ?
पहिला विद्यालयको अन्तिम परीक्षण एसएलसी थियो अहिले कक्षा १२ भयो । त्यो चाहीं परिस्थिति सामान्य भएपछि मात्रै हुन्छ । कक्षा ११ को परीक्षाको लागि ऐनले त्यस्तो व्यवस्था गरेको छैन । अहिले ११ को परीक्षाको त्यस्तो हतार भएको छैन । कक्षा चढाउनुपर्यो भने पछि परीक्षा गरेर पनि गर्न सकिन्छ ।

११, १२ को परीक्षाको बारेमा तपाईंहरु छिटै निर्णय गर्दै हुनुहुन्छ ?
यी कक्षाको परीक्षा परिस्थिति सामान्य भएपछि परीक्षा नै गराउनुपर्छ । विश्वविद्यालय र सिटीईभिटीईको जाँच हुँदाहुँदै रोकिएका हुन् । त्यसको बारेमा यो बीचमा विभिन्न टोलीहरु बनाए धारणा लिएका छौं । परिस्थिति सामान्य भएपछि मात्रै परीक्षा हुन्छन् । मैले त संसद्मा पनि बोलिसकेको छु । विश्वविद्यालयहरुको सेमिस्टार सकिएका छन् भने अर्को सेमिटस्टारमा लैजानुस् भनेर । परीक्षा अनुकूल समयमा गर्नुपर्छ । विश्वविद्यालयहरुको लागि नयाँ ढंगले सोच्नुपर्ने हुन्छ । हामीले जेठभरिमा शिक्षासम्बन्धी सबै विषयमा स्पष्ट पार्दै जान्छौं भनेका थियौ त्यो हुँदैपनि गएको छ ।

स्कुलदेखि विश्वविद्यालयको पढाइ चाहीं कहिलेबाट सुरु गर्नुहुन्छ ?
यसको बारेमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ । त्यो निर्णयमा अहिले नै भीडभाड हुने ठाउँहरुमा खुल्ला नगर्ने भन्ने छ । अहिले कम्तिमा दुई महिना अझै स्कुल, कलेजहरु खुल्दैनन् । देशैं अगाडिसम्ममा शैक्षिकसत्र प्रारम्भ हुन सक्छ भन्ने सोचिएको छ । त्यसलाई हामीले प्लान ‘ए’, प्लान ‘बी’ र प्लान ‘सी’ गरेर अगाडि जाने हो ।

त्यसोभए सरकारले दशैं अगाडि नै स्कुल, कलेज खोल्ने गरी प्लानहरु बनाइरहेको छ ?
प्लानहरु त हामीले बनाइराखेका छौ । अहिले नै परिस्थितिको कुन ढंगले विकास हुन्छ भन्न सक्ने स्थिति छैन । अब भाइरसले कुन रुप लिन्छ । हामीले सुरुमा बुझेको भन्दा चरित्रहरु बदलिँदै गएका छन् । अहिलेसम्म जोखिम र अप्ठ्याराका बीचमै हामीले काम गर्नुपर्ने छ । त्यसैले अहिले नै ठ्याक्कै यही हुन्छ भन्न सक्दैनौं । परिस्थितिहरुको निरन्तर मूल्यांकन हुँदै जान्छ । अहिले हामीले २१ दिनको कार्ययोजना बनाएका छौं । त्यसपछि १५ दिनको हुन्छ । त्यसैगरी चौथो चरणमा पुग्दा स्कुल, कलेजहरु खोज्न सक्छौं कि भन्ने छ ।

चौथो चरणको मास्टर प्लान के छ ?
यसको निर्णय शिक्षामन्त्रालयले मात्रै गर्दैन । मन्त्रिपरिषद्बाट निर्णय हुन्छ । त्यसपछि विभिन्न चरणमा छलफल हुन्छ । अहिले हामी मोटामोटी सयदिन जतिको गुरुयोजना बनाएर अगाडि बढिराखेका हौं । अहिले पहिलाको शैक्षिकसत्रमा बनाएको कार्यविधिले काम गर्दैन । त्यसैले शैशिकसत्रमा नै नयाँ ढंगले व्यवस्था गर्नुपर्छ । अब विदाका दिन कटौती गर्नुपर्ने, चाडपर्वलाई पनि सिकाइतिर बदल्नुपर्ने धेरै कुराहरु छन् । त्यसैले स्कुल खोल्ने भनेपछि, सुरक्षा, भौतिक दुरी कायम गर्नेपर्ने । सेनिटाइजरको व्यवस्था गर्नुपर्ने । अहिलेसम्म घर–घरमा बसेर आफूपनि सुरक्षित हुने, अरुलाई पनि सुरक्षित गर्ने तरिकाले विद्यार्थी भाइबहिनी र हामी सबै घर–घरमै छौं । उहाँहरुलाई असार १ गतेदेखि सिकाइसँग जोड्ने गरी नयाँ कार्यविधि बनाएका छौं ।
चारवटा पद्धतिको आधारमा घर–घरमै बसेका विद्यार्थीहरुलाई सिकाइमा जोड्ने आधार बनाएका छौं । अब रिजल्ट निकालिदिने, पुस्तकहरु घर–घरमा पु¥याई दिने र स्वयं सिक्ने कुरामा जाने पहिलो कुरा । दोस्रो रेडियो, एफएमहरुबाट पनि सिकाई गर्ने । अहिले पनि कतिपय पालिकाहरुमा एफएमहरुबाट पठनपाठन चलेको छ । रेडियो नेपाल, सामुदायिक एफएम सबैलाई प्रयोग गरेर सिकाइलाई अगाडि बढाउन सकिन्छ । टेलिभिजनलगायतका अन्य माध्यमबाट पनि भर्चुअल क्लासहरु चालाउन सकिन्छ । शिक्षामन्त्रालयले अहिले एउटा पोर्टल निर्माण गरेको छ । कक्षा ९ र १० को त्यसबाट अहिले पनि पठनपाठन चलिरहेको छ । अब १ देखि ८ सम्मको पनि ती माध्यमद्वारा कक्षा सञ्चालन गरिने छ । इन्टरनेटको सुविधा भएको ठाउँमा अनलाइन क्लासहरु चलाउन सक्छौं । जहाँ, जुन माध्यमबाट विद्यार्थीसम्म पुग्न सकिन्छ त्यसलाई उपयोग गरेर बीचमा भएको शैक्षिक क्षतिलाई न्यूनिकरण र भविष्यको सिक्ने प्रक्रियालाई जोडिदिन्छ ।

कोरोना परीक्षण बढाउनुपर्ने र खर्च पारदर्शी बनाउनुपर्ने माग राखेर युवाहरु सडकमा आएका छन्, तपाईहरुको ध्यान कत छ ?
पहिलो कुरा त अरु देशका घटनाक्रम, अरु देशका संक्रमणलाई तुलना गरेर हेर्नुपर्छ । सुरुदेखि सरकारले एकतिर सुरक्षालाई ध्यान दिने र अर्कोतिर संक्रमण हुन नदिनको लागि बन्दाबन्दीको नीति अपनाइएको हो । फेरि त्यससन्दर्भमा प्रधानमन्त्रीले पनि भनिसक्नुभएको छ ।

कसरी १० अर्ब खर्च भयो ? जनताले त जान्न चाहन्छन् यस्तो अवस्थामा भ्रष्टाचार त हुनुभएन नि ?
सबै कुराहरु आउँछन् । यो हाम्रो प्रजातान्त्रिक प्रणाली हो । यस्तो अप्ठ्यारो बेलामा संसद् चलिराखेको छ । त्यहाँ सबै विषयहरु आइराखेका छन् । खर्च गर्ने प्रणाली छ, त्योभन्दा बाहिर कोही जान सक्दैनन् । अब राम्रो बनाउन यो सरकार तयार छ । यसलाई अनावश्यक खालको राजनीतिकरण गर्नुहुँदैन । अझै बाहिरबाट दाजुभाइ दिदीबहिनीहरु आउने क्रमण बढिराखेको छ । त्यसले संक्रमण अझ बढ्ने अवस्था हुन सक्छ । यस्तो बेलामा विभिन्न ढंगले अगाडि बढेर समाज र देशलाई हित गर्दैन । हरहिसाब सबै आउँछ ।

सडकमै आएर नागरिकहरुले खर्चको विवरण मागे नि ?
सरकारले सबै प्रणालीअन्तर्गत पारदर्शी ढंगले काम गरेको छ । यो कुराको संसद्बाट जवाफ दिइसकिएको छ । त्योभन्दा ठूलो अर्को संस्था छैन । तपाईको सञ्चार माध्यममार्फत ती युवाहरुलाई पनि प्रष्ट पार्न चाहन्छु । संक्रमणको घडीमा भीडभाड जम्मा गरेर समस्याको समाधान हुँदैन ।

प्रहरीद्वारा जनतामाथि दमन भयो नि ?
पहिलो कुरा त भौतिक दुरी कायम गरेर सुरक्षालाई ध्यान दिनुपर्ने बेलामा जुलुस निकालेर, भीडभाड गरेर बनाइएका मान्यताहरुलाई तोड्ने बेला होइन । झन् यतिबेला संक्रमणको दर बढिरहेको छ । त्यो पक्षलाई हामीले ध्यान दिनुपर्छ कि पर्दैन ? हाम्रो देशमा यति ठूलो राजनीतिक सहमति भएका छन् । संसद्मा संविधान संशोधनको विषय छ । यो इस्युमा पनि वृहत आवश्यकता छ । सरकारले एकदम पारदर्शी र उत्तरदायी ढंगले छानविन गरिरहेको छ ।

महामारीको बेलामा भ्रष्टाचार हुनुभएन नि ?
भ्रष्टाचार भएको छैन, हुँदैन । नियोजित ढंगले कुराहरु उठाएर समस्या हल हुने होइनन् । यो बेलामा भीडभाड गरेर अनावश्यक जुलुस, नारा गर्ने होइन । यो त विशिष्ट परिस्थिति हो नि । यो बेलामा राम्रो विचारहरु दिऊ त्यसलार्य मनन् गरेर सरकार अगाडि जान्छ ।

सम्बन्धित समाचार

बिरामीको उपचार गर्न नमान्ने निजी अस्पताल कब्जा गरिन्छ:प्रदेश १ का मुख्यमन्त्रीको उद्घोष
अन्तर्वार्ता

बिरामीको उपचार गर्न नमान्ने निजी अस्पताल कब्जा गरिन्छ:प्रदेश १ का मुख्यमन्त्रीको उद्घोष

२०७६/१२/१७
नेपाली भूमि अतिक्रमण गरी भारतीयले बनाएका घर–टहरा सशस्त्र प्रहरीले भत्कायो
अन्तर्राष्ट्रिय

नेपाली भूमि अतिक्रमण गरी भारतीयले बनाएका घर–टहरा सशस्त्र प्रहरीले भत्कायो

२०७६/०८/१३
प्रधानमन्त्री ओली ‘खतरामुक्त’, भन्छन्–‘छिटो डिस्चार्ज गर्नुपर्‍यो’
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओली ‘खतरामुक्त’, भन्छन्–‘छिटो डिस्चार्ज गर्नुपर्‍यो’

२०७६/०८/१३

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In