मधेश प्रदेशमा काग्रेसले सरकारलाई समर्थन गर्न सक्ने सम्भावना

धनुषा,०७९ पुस २८ गते ।नेपाली काग्रेस मधेश प्रदेशका सांसद पूर्व संसदीय दलका नेता रामसरोज यादवले मधेश प्रदेश सरकारलाई काग्रेसले सदनमा समर्थन गर्न सक्ने सम्भावना रहेको खुलासा गर्नुभएको छ । जानकी टेलिभिजनको जानकी संवाद कार्यक्रममा सांसद यादवले प्रतिनिधीसभामा वर्तमान सत्ता गठबन्धनलाई नेपाली काग्रेसले समर्थन गरेकाले मधेश प्रदेशका समेत काग्रेसले समर्थन गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले मधेश प्रदेश सरकारलाई समर्थन गर्ने वा विपक्षमा बस्नेबारे अन्तिम निर्णय संसदीय दलको बैठकबाट गरिने बताउनुभयो । उहाँले आफनो व्यक्तिगत धारणा भने सरकारको विपक्षमा मतदान गर्ने धारणा राख्नुभयो । मधेश प्रदेशको मुख्यमन्त्रिमा ६३ जना सांसदको समर्थनमा पुस २७ गते जनता समाजवादी पार्टी मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई ६३ सांसदले समर्थन गरेको आधारमा मुख्यमन्त्रिमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई पुस २९ गते मधेश प्रदेश सरकारको मधेश भवनमा विहान साढे ११ बजे पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ । सोही समयमा सत्ता समर्थन दलहरुबाट समेत मन्त्रीहरु नियुक्त गर्ने गरि सपथ ग्रहण गराउने तयारीमा जसपा, एमाले, माओवादी, जनमत पार्टीलगायतको सत्ता साझेदार दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

धेरै पढिएको

ताजा समाचार