धनुषा, ०७९ माघ १६ गते । इलाका प्रहरी कार्यालय ढल्केवरले ज्यान मार्ने उधोगका आरोपीतलाई प्रहरीले संरक्षण गरिरहेको सूचना बाहिरिएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरले आरोपीतलाई गिरफतार नगरि आरोपितलाई बचाउमा लागेको पिडित परिवारको आरोप छ । इलाका प्रहरी कार्यालय ढल्केवरले आरोपितहरु फरार रहेको जनाएपछि आरोपितहरु दिनहुँ इलाका प्रहरी कार्यालय ढल्केवर आउजाउ गर्ने र गाउँमा खुलेयाम घुमफिर गरि रहेको पीडित परिवारले जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदार बस्ने ६० बर्षीय बृद्ध राम सागर मण्डललाई सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश मण्डल, २१ वर्षीय दिनेश मण्डल र ३९ वर्षीया सीतली देवी मण्डलले पुष २१ गते ज्यान मार्ने नियतले सामुहिक आक्रमण गरि टाउको फुटाएको थियो । पीडित परिवारले इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरी माघ ९ गते ज्यान मार्ने उधोग अन्र्तगत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

बच्चाहरुको सामान्य बिवादमा आरोपित भनिएका दिनेश मण्डलले हातमुक्काले हानेको र मुकेश मण्डलले टाउकोमा दाउरा चिरपटले प्रहार गर्दा वृद्ध रामसागर मण्डलको बाँया पट्टीको खप्पड फुटेर टाउकोको हडडी भाचेरले नशा च्यापिएको थियो । गम्भिर घाइते रामसागर मण्डलको जनकपुर न्युरो हस्पिटलमा उपचार भई रहेको छ । उहाँको पुस ३० गते टाउको खोलेर अप्रेशन गरिएको छ ।
समयमा उपचार भएकोले ज्यान जोगिएको अन्यथा ब्रेन हेमरेज भई ज्यान जाने अवस्था रहेको चिकित्सकहरुले बताएको पीडितका छोरा रामप्रमेश मण्डलले बताउनुभयो । विरामीको टाउकोमा रगत जमेको थियो, उपचारमा कमी भएको भए ब्रेन ह्यामरेज हुने अवस्थाबाट रोकेको जनकपुर न्युरो होस्पिटलले जनाएको छ ।
ज्यानै जाने भएको कुटपिट घटनाका आरोपितलाई प्रहरीले गिरफतार नगरिनु र आरोपित खुलेयाम गाउँमै घुमफिर गरि रहेकाले आफुहरुलाई अझ असुरक्षा महसुस भई रहेको पीडित परिवारले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी निरिक्षक रामसागर सिंहले पिडित परिवारलाई रुखो व्यवहार गर्ने र आरोपितलाई बचाउ गर्ने पक्षमा देखिएको पीडित परिवारको बुझाई छ । इलाका प्रहरी कार्यालय ढल्केवर मुद्दा फाटका सइ जगदिश ठाकुरले अनुसन्धान भई रहेको बताएका छन् ।

घाँटीभन्दा माथि शरिरको भागमा सम्वेदन शिल भएकोले त्यसतो ठाउँमा प्रहार गर्नु ज्यान जोखिममा हुन्छ । कानुनले त्यसता गम्भिर प्रकृतिको घटनाहरुमा पिडितले भने अनुसारको मुद्दा दर्ता गर्नुपर्ने तर ईलाका प्रहरी कार्यालय ढल्केवरले दर्ता नगरि बाहानाबाजी गरेका थिए । घाईते अस्पतालको आईसियुमा भर्ना भएको कुरा पनि विपक्षीको प्रभावमा परि पत्याउन मानेका थिएनन् ।
विरामीको टाउकाको सिटि स्क्यान, घाउँ लागेको फोटोदेखे पछि धेरै प्रयास पश्चात मात्र माघ ९ गते मुद्दा दर्ता भएको थियो । माघ १० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइ पक्राउ गरिने भनिएकोमा हालसम्म प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको पिडित परिवारको आरोप छ । यस घटनामा आरोपितलाई संरक्षण गर्ने कार्य इलाका प्रहरी कार्यालय ढल्केवरको इन्सपेक्टर सिंह र सइको मिलोमतो समेत रहेका आशंका पिडित परिवारको रहेको छ ।
प्रहरीले घटनाको सुरु अवस्थादेखि नै आरोपितसंग मिलेर उल्टै आरोप लगाउने गरेकाले पीडितका छोरा रामप्रमेश मण्डलले इन्सेक धनुषा प्रतिनिति, मानवअधिकारकर्मी र पत्रकारहरुलाई माघ १५ गते घटना विवरण, उपचार हुदै गरेको फोटो, अप्रेशनको फोटोलगायतको प्रमाण दिएर आफनो वुवालाई न्यायको लागि पहल गरि दिन आग्रह गर्नुभएको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !