
धनुषा,०७९ चैत १६ गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालको आयोजनामा चैत १६ गते महिला मानव अधिकार रक्षक संचाल मधेश प्रदेशस्तरिय संजाल गठन गरिएको छ । अधिवक्ता रेखा झा (धनुषा) को संयोजकत्वमा २१ सदस्यीय महिला मानवअधिकार रक्षक संजाल गठन गरिएको हो ।
गठित संजालको सदस्यहरुमा दिपिका कार्की, राना समिम, प्रदिप कुमार यादव र अनिता यादव (धनुषा), रेखा झा र विणा सिंह (महोत्तरी), रम्भा झा, लक्ष्मी पासवान र देव कुमारी यादव (सिरहा), मन्जु सुवेदी र निभा सिंह (बारा), सुधा यादव र निला राम (पर्सा), अनिता देवकोटा र नानी मैया कटुवाल (सप्तरी), गंगा अधिकारी र अनिता चौधरी (सिरहा) र रौतहटबाट माण्डवी संस्थाका प्रतिनिधीत्व हुने गरि २१ सदस्यीय संजाल गठन गरिएको छ ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष श्याम कुमारी साह र ओरेक नेपालबाट विकास बन्जाराले संजाल गठनको औचित्य र उदेश्यबारे स्पष्ट गर्नुभएको थियो ।
संजालले दुई दिने कार्यशालाबाट ७ बुन्दे घोषणा पत्र समेत सार्वजानिक गरेको छ । घोषणा पत्र मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तलाई चैत १६ गते संजालका अध्यक्ष रेखा झालगायतको अभियानीहरुले हस्तान्तरण गर्दै महिला मानवअधिकारको रक्षार्थ राज्य पक्ष तथा सरोकारवाला पक्ष गम्भिर हुनुपर्नेमा जोड दिइएको छ ।