
जनकपुरधाम ।आद्रा नेपालको सहयोगमा समाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरले विहिवार धनुषा जिल्लाको हँसपुर नगरपालिका वडा नम्बर ८ को झटियाही, भत्ही, रमलगराका विपन्न वस्तीहरुमा असहाय व्यक्तिहरुलाई कम्बल बितरण गरिएको छ ।
त्यसैगरी सो संस्थाले मिथिला बिहारी नगरपालिकाको कजरारमौल र सबैला नगरपालिकाको गोविन्दपुरमापनि कम्बल बितरण गरेको छ । पूर्बराज्य मन्त्री समेत रहेका अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता रामसिंह यादवले विपन्नहरुलाई जाडो छल्न कम्बल बितरण गरे ।
हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल, वडा अध्यक्ष जिवछ मण्डल, पूर्व गाविस अध्यक्ष सुशिल साह, संस्थाका उपाध्यक्ष सोनफी साह, विनय यादव,अच्छेलाल यादव, संगीता यादव, जिवछ दास लगायत कम्बल बितरण गरे ।
संस्थाले साढे ४ सय थान कम्बल बितरणका लागि उपलब्ध गराएको थियो ।संस्थका कार्यकारी निर्देशक रामविनय पासवानले जनाए अनुसार मिथिला बिहारी नगरपालिकामा कम्बल बितरणमा वडा अध्यक्ष महादेव यादव, महादेव ठाकुरको सहभगिता रहेको थियो ।