
]
ढल्केवर,पुस १८ ।
सामाजिक,धार्मिक,सांस्कृतिक,शिक्षा,स्वास्थय,खेलकुदतथा सरसफाइ लगायतका क्षेत्रमा अगे्रणी भुमिका खेल्दै आएको धनुषाको मिथिला नगरपालिका वडा नंंंं.२ नक्टाझिज स्थित रहेकोे हिमालय युवा क्लव नक्टाझिजको २९ औं र हिमालय बहुउद्येश्य सहकारी संस्था लिमिटेड नक्टाझिजको १४ औं साधारण सभाको अवसरमा सप्ताहिक कार्यक्रमको छठौं दिन श्री राम जानकी विद्या आश्रम नक्टाझिजको प्राङ्गणमा हाजरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
राम जानकी विधा आश्रम नक्टाझिजको दिपेश कुमार महतो,रविन्द्र कुमार महतो र विद्या कुमारी महतो प्रथम,कार्तिक कुमर सन साइन ई.बो.स्कुल धुमासनको सुशिल सिंह,इन्द्रजित महतो र आकृति कुशवाहा द्घितिय गंगंोत्री ई.बो.स्कुल महेन्द्रनरको उदयकान्त साह,भुवेश कुशवाहा र संजिला महतो तृतीय स्थान हासिल गरेकी छिन् ।
सप्ताब्यापी कार्यक्रमको अन्तिम सातौ दिन पुस १९ गते शनिवारको दिन क्लव भवनको प्राङ्गणमा रक्तदान कार्यक्रम , साँस्कृति कार्यक्रम ,अतिरित्त क्रियाकलापहरुमा प्रथम,द्वितिय र तृतिय स्थान प्राप्त गर्ने सहभागीहरुलाई पुरस्कार वितरण गरी साधारण सभा सम्पन्न गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष अरुण कुमार महतोले बताएका छन् ।