
पुस २२ गते ।
जनकपुरमा मंगलबार बिहान पाँचौ पटक शंकास्पद वस्तु फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१ सिताचोकस्थित तरकारी बजारमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ ।
तरकारी बजारस्थित एउटा झोपडीमा खाटको तल कालो सुटकेस जस्तो देखिने वस्तुमा बम हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको टोलीलाई बोलाएको छ।
सेनाको टोली त्यहाँ पुगेर अनुसन्धान गरिरहेका छन् ।