
कपिलवस्तु । ०७६ पुस २४ गते ।
कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका–४ को राजपुर पोखरी मा पुरुष शव फेला परेको छ । हुलाकी राजमार्ग नजिकै रहेको पोखरी मा शव डुबेको अवस्था मा फेला परेको छ । अन्दाजी करिब ३० बर्षको गहुँगोरो वर्णको खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो ।
शव डुबेको अवस्था मा देखेपछि राजपुर का स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।