
धनुषा । ०७६ पुस २४ गते ।
प्रदेश नंं २ को सरकारले माघ ५ गते विरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेका छन् । मधेस आन्दोलनक्रममा शहादत प्राप्त शहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस बीरगंजमा मनाउने निर्णय गरेको हो ।
प्रदेश नंं २ सरकारकोे विहिवार बसेको मन्त्री परिषद्को बैठकले माघ ५ गते बलिदानी दिवस विरगंजमा भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
वलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता यादवले जानकारी दिए ।