अज्ञात समुहले कुटपिट गर्दै नगद १८ खोसेर फरार

०७६ पुस २५ गते ।
अज्ञात समुहले धनुषाको एक वृद्धलाई कुटपिट गर्दै हजारौ रकम लुटेर फरार भएका छन् । सिरहाको नरहाबाट घरतर्फ आउँदै गरेका शहिदनगरपालिका वडा नं.१ बस्ने ५२ वर्षीय सुर्यदेव यादवलाई विहिवार साँझ ६ बजे कमला नदीस्थित रामघाट भन्ने स्थानमा ६,७ जनाको समुहमा आएका युवाहरुले कुटपिट गर्दै उनीसंग भएको १८ हजार नगद रुपैया लुटेर फरार भएका छन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय सवैला र इलाका प्रहरी कार्यालय यदुकोहामा खबर गरेको पिडित सुर्यदेव यादवले जानकारी दिएका छन् । अज्ञात समुहको कुटपिटबाट सुर्यदेव यादव सामान्य रुपमा घाइते भएका छन् । उनको स्थानिय क्लिनिकमा उपचार गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार