
०७६ पुस २५ गते ।
नेकपाले जय गोविन्द साहको ३० औं स्मृति दिवस मनाएका छन् । नेकपा धनुषाका पार्टी कार्यालयमा एक कार्यक्रमको विच वर्ग संघर्षका महान योद्धा जय गोविन्द साहको स्मरण गर्दै स्मृति दिवस मनाएका छन् । नेकपाका धनुषा अध्यक्ष राजकिशोर यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेकपाका धनुषा इन्चार्ज श्रवण कुमार यादव बरवरियाको विशेष आतिथ्यतामा शुक्रवार स्मृति दिवस मनाएका हुन् ।

आयोजित स्मृति दिवस कार्यक्रममा नेकपाका धनुषा सचिव दिपक यादव, नेकपाका नेता झल्कु यादव, युवा संघ धनुषा अध्यक्ष सरोज यादवलगायतको नेताहरुको उपस्थिती रहेको थियो । स्मृति दिवसको अवसरमा जय गोविन्द साह किसानहरुको जनप्रिय नेता रहेको चर्चा वक्ताहरुले गरेका थिए । जय गोविन्द साह सिरहा निवासी थिए ।