पत्रकारमाथि कुटपिट घटना छानविन गर्न नेकपा धनुषाले गरे माग

धनुषा । ०७६ पुस २५ गते ।
नेकपा धनुषाले पुुुस २२ गते दिउँसो जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा जनकपुरका पत्रकारहरुमाथि कुटपिट घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादवले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकामा मेयरको प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि भएको कुटपिट घटनाको सही तरिकाले छानविन गरि दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।
पत्रकारहरुमाथि भएको घटनाबारे नेकपाले जारी गरेको विज्ञप्तिमा पत्रकारहरुको संचार सामाग्री समेत तोडफोड भएकोमा दुःख व्यक्त गरिएको नेकपा धनुषा अध्यक्ष राजकिशोर यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

धेरै पढिएको

ताजा समाचार