धनुषामा जवरजस्ती यौन धन्दा संचालन गराउने चौधरी गिरफतार

०७६ पुस २७ गते ।
धनुषाको क्षिरेश्वरनाथ –६ बस्ने २६ वर्षीया रिता चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मानव वेचविखन तथा ओसारपसारको गरेको आरोपमा पुस २६ गते राति गिरफतार गरेको छ । क्षिरेश्वरनाथ नपा–५ स्थित पेपरमिल रोडमा सुविधा गेष्ट हाउस संचालन गर्दै आएकी २६ वर्षीय चौधरीले एक महिलालाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाएको भन्दैमानव बेचविखन तथा ओसारपसारको आरोपमा गिरफतार गरेको हो ।
गिरफतार गरेकी चौधरीमाथि मानव वेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत पुस २७ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ । गिरफतार गरिएकी चौधरीले संचालन गर्दै आएको सुविधा गेष्ट हाउसबाट आपत्तिजनक कार्यमा सलग्न रहेको एक जोडीलाई पुस २६ गते राति नै धनुषा प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार