
०७६ पुस २९ गते
जनकपुरधाम उपमहानगरपालिका कार्यालयका मेयर लालकिशोर साहको कार्यकक्षमा पत्रकारहरुमाथि भएको कुटपिट घटनामा दुवै प्रक्षले आन्दोलनको कार्यक्रम स्थगित गर्ने शर्तनामासहित ९ बुन्दे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका सिडियो प्रदिपराज कणेलको अग्रसरतामा विभिन्न राजनितिक दलका प्रतिनिधी, पत्रकार महासंघका प्रतिनिधी र उपमहानगरपालिकाका प्रतिनिधीहरुसंग बसेकोे सर्वपक्षीय बैठकमा नेपाल पत्रकार महासंघ धनुषा शाखा र सरकारी निकायबिच ९ बुन्दे सहमति भएको हो ।
९ बुन्दे सहमतिमा घटनामा संलग्नलाई पहिचान गरी कारबाही गर्ने, जानकी मन्दिरको फूलबारी अतिक्रमणको बिषयमा विशेषज्ञ टोलीले दिएको प्रतिवेदनको आधारमा नाप नक्सा गर्ने प्रक्रिया अगाडी बढाउने, उपमहानगरपालिले अविलम्ब सूचना अधिकारीको तय गर्नेलगायतको सहमति भएको हो ।
सर्वपक्षीय बैठकमा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरी, नेपाल कम्युनिष्ट पार्टीका धनुषाका सचिव दिपक यादव, राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका अध्यक्ष मण्डलका संयोजक प्रमोद कुमार यादव, समाजवादी पार्टीका नगर संयोजक विष्णुदेव साह, जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट निमित्त प्रशासकिय अधिकृत मेहिलाल यादव, कर अधिकृत परमेश्वर झा, नगरका कर्मचारी यूनियनका नेता कृष्ण कुमार झा सहभागि थिए ।
सर्वपक्षीय बैठकमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल कुमार मिश्र, पत्रकार श्याम सुन्दर शशी, पत्रकार आन्दोलन संघर्ष समितिका सदस्य राजेशकुमार कर्ण, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेती लगायतकाहरुको सहभागिता रहेको थियो । सर्वपक्षिय बैठकमा भएको ९ बुन्दे सहमतिलााई तत्कालै लागु गर्ने सहमति भएको छ ।