धनुषाबाट हतियारसहित २ गिरफतार

०७६ पुस २९ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले हतियार सहित २ जनालाई गिरफतार गरेको छ । धनुषाको जनकनन्दनी गाउपालिका वडा नं. ५ स्थित हरि महतोको २६ वर्षीय छोरा दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतोले आफ्नो घर अगाडि हतियार पड्काउदै हिडेको सुचनाको आधारमा महतोद्धयलाई गिरफतार गरेको हो ।
पुस २९ गते १ बजे हरि महतोको आफ्नै आँपको बगैचामा जमिन मुनि खरानीले छोपेर लुकाई छिपाई राखेको अवस्थामा स्वाचालित हतियार नम्बर नखुलेको एक थान पेस्तोलसहित दुवै जनालाई गिरफतार गरि हात हतियार खरखजना सम्बन्धी मुददामा चलाउने भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक झाले जानकारी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार