
धनुषा, ०७६ माघ ३ गते ।
नेपाल सेल्फ डिफेन्स संघ धनुषाको कार्य समिती गठन भएको छ । जिल्लामा रहेको विभिन्न कराते, जुडो, एथलेटिक्स, क्योकुशिन कान कराँते आदि खेलका गुरुहरुका संयुक्त भेला पिराडी चौक जनकपुरधाममा नेपाल सेल्फ डिफेन्स संघ धनुषाको कार्य समितीको संयोजक गुरु श्रवण आचार्यको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
संघको प्रदेश कमिटिको संयोजक बैजनाथ यादब एथलेटिक्स समुहको गुरु दिपेन्द्र गोईतको उपस्थितीमा उक्त कार्य समितिको गठन भएको हो । संघको उपाध्यक्षमा अमित यादब, मो.असगर खाँ, सचिबमा सुभाष पाठक, सह सचिबमा कमलेश राउत, कोषाध्यक्षमा सुनिल यादबलगायत २५ जना सदस्य रहेको कमिटी चयन भएको हो । संघको प्रदेश कमिटिको संयोजक बैजनाथ यादब एथलेटिक्स समुहको गुरु दिपेन्द्र गोईतको उपस्थितीमा कार्य समितिको गठन भएको हो ।