०७६ माघ ४ गते ।
पर्यावरण अभियन्ता दिलिप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै धनुषाको ढल्केवर बजार बन्द गरिएको छ । टिपरले किचेर हत्या गरिएका दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै पिछ्डावर्ग समाज(ओबिसी) को आह्वानमा ढल्केवरमा बजार व्यवसाय बन्द गरिएको हो ।
चुरे संरक्षणका अभियन्ता दिलिपको हत्यारालाई कडा कारवाही र अभियन्ता दिलिपलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै ढल्केवर बन्दको आह्वान गरिएको पिछडावर्ग समाजका केन्द्रिय अध्यक्ष रामकुमार महतोले जानकारी दिए । उनले आज दिउँसो १ बजे ढल्केवरमा विशाल ¥यालीको आयोजना गरिएको पनि जनाए ।
गत शुक्रवार धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकैको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको बेला टिपरले किचेर दिलिपको हत्या भएको थियो । यस घटनाको देशैभर व्यापक रुपमा विरोध भईरहेको छ । देशको विभिन्न भागमा दिलीपलाई पर्यावरण शहिद घोषणा गर्न माग उठिरहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !