जानकी आँखा अस्पतालमा लगाइएको ताला प्रहरीले खोले

०७६ माघ ६ गते ।
जनकपुरधामस्थित जानकी आँखा अस्पतालका मेडिकल डाईरेक्टरको कार्यकक्ष र प्रशासन फाँटमा लगाइएको ताला प्रहरीले तोडेका छन् । जानकी आँखा अस्पताल सुधार संघर्ष समितिका पदाधिकारीहरुले लगाइएकाो ताला प्रहरीले तोडेका हुन् । आँखा अस्पतालमा व्यापक रुपमा भ्रष्टाचार भएको भन्दै संघर्ष समितिका अध्यक्ष श्याम सुन्दर झाको नेतृत्वमा यस अघि नै मेडिकल डाईरेक्टर डा.हेमशंकर झाको समयावधि पुगेको भन्दै उनलाई हटाउनुको साथै अस्पतालमा सुधार गर्न भन्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

जानकी आँखा अस्पतालमा ताला लगाउँदै


जानकी आँखा अस्पतालको विधान अनुसार मेडिकल डाईरेक्टर नियुक्त हुनुपर्ने, आपत्तकालिन समय बाहेक अस्पताल सञ्चालनको नियमित समयमा अस्पतालको मेनगेट खुल्ला राख्नुपर्ने, अस्पतालमा कार्यरत रहेका डाक्टरहरुलाई बाहिर क्लिनिक संचालन गर्न नपाउने, रिक्त स्थानको पदपूर्ति गर्दा सार्वजनिक सूचना प्रकाशन गरी प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने, अस्पतालको सामान बाहिरबाट खरिद गर्दा नेपाल सरकारको प्रचलित कानुन अनुसार गर्नुपर्ने लगायतका ८ बुँदे माग राख्दै सोमवार नै अस्पतालमा तालाबन्दी गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार