४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार

रौतहट , ०७६ माघ १८ गते
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला जनकपुर घर भई गौर नपा—१ बस्ने ६० वर्षीया रामकिशोर मिश्रलाई माघ १७ गते गिरफ्तार गरेको छ ।
बालिकालाई माघ १६ गते राती ८ः०० बजे गौर नपा—१ घर नजिकैको खेतमा लगी आरोपीत मिश्रले ललाइफकाई चकलेट दिने प्रलोभन देखाएर बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय रौतहटमा घटनाका आरोपित मिश्र विरुद्ध माघ १७ गते उजुरी दर्ता गराउनु भएको छ ।
बालिकालाई अत्यधिक रक्तश्राव भएपछि घटना सार्वजनिक भएको हो । बालिकाको बयानकै आधारमा आरोपित मिश्रलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले बताउनु भएको छ । पीडित बालिकाको जिल्ला अस्पताल गौरमा माघ १७ गते स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार