
धनुषा, ०७६ माघ २० गते ।
धनुषाको मिथिला विहारी नगरपालिकामा ७० थान कम्वल वितरण गरिएको छ । धनुषा जिल्ला बिपद व्यवस्थापन समितीलाई युनिसेफको क्षेत्रीय कार्यालय जनकपुरले उपलब्ध गराएको ७० थान कम्बल बितरण धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, धनुषाका सशस्त्र प्रहरीका एसपि राजेश उप्रेती र समाजसेवी मनोज कुमार साहको सहभागितामा कम्वल वितरण गरिएको हो ।

यस अघि पनि सयौ घरपरिवारमा कम्वल वितरण गरिएको समाजसेवी मनोज कुमार साहले बताउनुभयो ।