
धनुषा, ०७६ माघ २१ गते ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित एक दालमोठ उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । मंगलवार विहान भएको आगलागीबाट न्यु विकाजी दालमोठ उद्योगमा सवाँ २ करोडको क्षति भएको उद्योगले जनाएको छ । महेन्द्रनगरबाट गएको वारुणयन्त्रको सहयोगमा विहान ४ बजे आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
घटनामा दालमोठ उत्पादनमा प्रयोग हुने उपकरण, तयारी अवस्थाका सामान, कच्चा पदार्थ र घर समेत पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर तिर्थ कार्कीले जानकारी दिएका छन् । साढे ४ बजेमात्र बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
‘उद्योग परिसरको छुट्टै कोठामा सुतिरहेका कामदारले पहिले केही पडकेको जस्तो आवाज सुनेपछि उठेर हेर्दा आगो लागेको देखेका थिए । आगलागी घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।