
जनकपुरका दिपेश साहलाई मिर्गौला रोग उपचारका आथिर्क अभाव हुँदा सहयोगको अपिल गरेका छन् ।
दुवै मिर्गौला फेल भएका साहको आर्थिक अवस्था कमजोर भएपछि उनलाई उपचारमा समस्या भएको छ ।
मिर्गौला उपचारमा धेरै पैसा खर्च हुँदै गएपछि घरपरिवारले समेत उनको साथ छोडेको भन्दै साहले आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।
२८ वर्षीय साह अहिले वनस्थली स्थित अस्पतालमा मिर्गौलाको डायलासिस गराइराखेका छन् ।
