विप्लव समूहका सर्लाही इन्चार्ज लामा पक्राउ

धनुषा, ०७६ माघ २५ गते

प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही इन्चार्ज लालबहादुर लामालाई पक्राउ गरेका छन् ।इन्चार्ज लामालाई सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित एक घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । लामा सर्लाहीको हरिवन नगरपालिका–१० का बासिन्दा हुन् ।

सर्लाहीको परवानीपुरमा ऐनसेल टावरमा विष्फोट र बागमतीमा स्काभेटरमा आगजनी भएको घटनामा लामाको संलग्नता रहेको सर्लाही प्रहरीले जनाएको छ । अनुसन्धान अघि बढाउन म्याद लिन भन्दै प्रहरीले लामालाई अहिले सर्लाही जिल्ला अदालतमा पेश गरेको छ ।

धेरै पढिएको

ताजा समाचार