बहिनीसंग प्रेम गरेको भन्दै रौतहटमा हत्या गर्ने गिरफतार

रौतहटको दक्षिणी भेगमा एक युवकको हत्या भएको छ । हत्यामा ती युवककै प्रेमिकाका दाजुहरु संलग्न रहेको आरोपमा प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको छ ।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या भएको प्रहरीको भनाइ छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी प्रमुखको रुपमा हालै आएका एसपी रवीराज खड्काले ईशनाथ नगरपालिका–८ मन्सरीका एहतेसामुल हकको हत्यामा उनकै प्रेमिकाका दाजुहरु राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको बताए ।

धेरै पढिएको

ताजा समाचार